कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न


कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेव सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।सहयात्रा नेपालको आयोजनामा र यु.एस.एआइ डी को साझेदारीमा संङ्घियता सहयोग कार्यक्रमको सहयोगमा स्थानिय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धी दुई दिने क्षमता विकास तालिम आयोजना गरिएको हो।
यसरी दुई दिने तालिमको सुरुवात स्थानीय सरकारको संरचना र सार्वजनिक सेवा डेलिभरी, नागरिकको सहभागितामूलक योजना र बजेट प्रक्रिया, स्थानीय सरकारसँग सहभागितामूलक योजना र बजेटमा संलग्न हुनका लागी नागरिकमा के-के सिप हुनु पर्दछ, कसरी स्थानीय स्तरको योजना र बजेट प्रक्रियालाई बढी सहभागितामूलक बनाउन सकिन्छ भन्ने बारे खुला छलफलका साथ सहभागीले कार्ययोजना सहित निमार्ण गरि दुई दिने तालिम सम्पन्न गरिएको थियो ।तालिमको सहिजकरण यु एस ए आइ डी साझेदारी संङ्घियता सहयोग कार्यक्रमका कञ्चनपुर जिल्ला नागरिक संगलग्नता संयोजक देव राज बडु र भिमदत्त नगरपालिका वार्ड न. १८ का वार्ड सचिव नरेन्द्र देव भट्टले संयुक्त रुपमा गर्नु भएको थियो । भने कार्यक्रममा सहभागी वार्ड न.१८ अन्र्तगतका बिभिन्न टोल विकास संस्था, विभिन्न समुहिक र निजि समुह का सथै सहयात्रा नेपाल गरि जम्मा १५ जनाको सहभागीता रहेको थियो।

ताजा समाचार

spot_img