तेस्रो दिनको खेलमा महेन्द्रनगर युनाइटेड र एपीएफ विजय


महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा महेन्द्रनगर युनाइटेड बिलिउ र एपीएफ अत्तरीयाले विजय सुरुवात गरेको छ।बुधबार तेस्रो दिन महेन्द्रनगर युनाइटेड बिलिउ र इटाहा चारपाते युवा क्लब बिच भएको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले १०-० गोलको अन्तरले इटाहा चारपाते युवा क्लब लाई हराएको छ। दोस्रो खेलमा मसुरिया फुटबल एकेडेमी कैलाली र एपिएफ अत्तरीया बिचको खेलमा मसुरिया लाई ३-१ गोलको अन्तरले हराउदै एपिएफ अत्तरीयाले विजय सुरुवात गरेको छ।भोलि बिहिवार प्रतियोगिताको चौथो दिनको पहिलो खेल बेलडाँडी -५ र सगरमाथा अत्तरिया बिच बिहान १० बजे , महेन्द्रनगर युनाइटेड बिलिउ र रोयल गोर्खा महेन्द्रनगर बिच दिउँसो १२ बजे हुने छ भने उक्त दिनको तेस्रो खेल दिउँसो १:३० बजे बेलडाँडी गाउँपालिका फुटबल टिम र कञ्चन जाई फुटबल क्लब बिच प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन् ।

ताजा समाचार

spot_img