भारतको इसारामा ओलीले संसद विघटन गरे : जनमोर्चा नेता भट्ट

कञ्चनपुर
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दाराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ईसारामा प्रतिनिधी सभा विघटन गरेको ठोकुवा गरेका छन । आइतबार जनमोर्चा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष भट्टले भारतीय ईसारामा ओलीले संसद भङ गरेको ठोकुवा गरेका हुन । अधिनायक ढङगबाट संसद विघटन भएको बताउदै उनले ओलीको कदमबाट राजावादी र राप्रपा मात्रै खुसी भएको बताए ।

‘जननिर्वाचन संसद विघटन भयो, राजा आउ देश बचाउ भन्नेहरु मात्रै खुसी भएका छन, प्रधानमन्त्रीको संसद विघटन गर्ने चाहना होईन, विदेशीसामु सत्ताका लागि ओलीले घुडा टिकाए, ‘उनले भने, ‘अलोकतान्त्रिक गैर सम्वैधानिक काम भयो ।’ जनमोर्चाले संसद पूर्नस्थापनाकै पक्षमा देशभरी जनदवावमुलक कार्यक्रम गरिरहेको बताए । ‘पार्टीको बहुमत, सं्रसदीय दलको बहुमत नटेर्ने ओलीमा अधिनायकबादको उत्माद चढेको नेता भट्टको टिप्पणी छ । ‘ओलीले बैशाखमा चुनाव गराउँदैनन, ‘उनले भने, ‘सत्ता टिकाउन र सत्तामा बसिरहनका लागि चुनावको मिति घोषणा गरेका हुन ।’

नेता भट्टले भारतीय स्वार्थ अनुरुप मिचिएको लिपुलेक, कालापानी, लिम्पियाधुराको जमिन सहित समेटेको किताब रोक्नकै लागि भारतीय शक्तिले प्रधानमन्त्रीलाई घेराबन्दीमा राखेको बताउदै नेपालको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत जाँदा त्यहाँ उनीमाथि भएको व्यवहारबाट समेत भारतको हेपाह प्रवृति अझै नरोकिएको बताए । संसदीय व्यवस्था खारेजी र ओलीको असम्वैधानिक कदम बिरुद्धमा जनमोर्चाले निरन्तर आन्दोलन बढाउँदै जाने बताए ।

ताजा समाचार

spot_img