कञ्चनपुर
प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोईरालाले काँग्रेस संसद पुर्नस्थापनाकै पक्षमा रहेको बताएका छन । प्रधानमन्त्री ओलीले संविधानमाथि नै कुठाराघात गरेर जननिर्वाचित संसद भङ गरे लोकतन्त्रलाई धरापमा पार्न खोजेको बताउदै महामन्त्री कोईरालाले काँग्रेस ससद पुर्नस्थापनाकै पक्षमा रहेको स्पष्ट पारेका हुन । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा प्रेस यूनियनद्वारा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस महामन्त्री कोईरालाले काँग्रेसको पहिलो प्राथमिकता पूर्नस्थापना नै भएको दोहो¥याए ।
महामन्त्री कोईरालाले प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा चुनाव नहुने भएपछि काँग्रेसले पहिलो प्राथमिकतामा पुर्नस्थापनाकै पक्षमा रहेको बताए । ‘अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन, ‘महामन्त्री कोईरालाले भने, ‘निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले बिरोध र आदालत जान्छ, यत्तीकै कारण पनि बैशाखमा चुनाव हुँदैन ।’ प्रधानमन्त्री ओलीले तीन बर्षमा एक ईटा समेत नथपेको बताउदै उनले पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको बताए । कोरोना कहरबाट थलिएको अर्थतन्त्र माथि उकास्नका लागि कुनै योजना अघि नसारेको आरोप लगाए ।
आर्थिक स्रोत जुटाउँदै बेरोजगार अन्त्यका लागि युवाहरुलाई कृषि उद्यमा जुटाउनुपर्ने बताए । काँग्रेसले क्रियाशिल सदस्य टुङ्गो लगाएर अघि बढ्ने बताउदै उनले काँग्रेस सामु पार्टीको चुनाव वा आम चुनाव दुवै आएको बताए । प्रधानमन्त्री ओलीसंग काँग्रेस सभापति शेर बहादुर देउवाले मिलेर आफ्ना मान्छेपनि सम्वैधानिक निकायमा नियुक्ती गरेर अहिले सभापतिलाई समस्या भईरहेको बताए । धर्मका विषयमा जनमत संग्रह गर्नुपर्ने उनको धारणा छ । बहुसंख्यक हिन्दुधर्मालदम्बी भएको देशमा धर्म सापेक्ष र निरपेक्ष नभई स्वतन्त्र हुनुपर्ने महामन्त्री कोईरालाको भनाई थियो ।






