स्वार्गीय श्याम थापा फुटबलको उपाधि जित्न मुसुरियाको तगारो बन्यो जयकिसान

स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोर्टस् क्लब लाई


नेपालगन्ज,
विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड -१९” कोरोना भाइरसले गर्दा विश्व लगायत नेपालको खेलकुदजगत नै थला परेको बेलामा फुटबल खेलको बिकास गर्ने उद्देश्यका साथ जयकिसान स्पोर्ट्स क्बलको आयोजनामा संचालन भएको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको-२०७७ को उपाधि मुसुरिया फुटबल एकेडेमीको तगारो जयकिसान स्पोर्टस् क्लब ‘ए’ बन्दै च्याम्पियन बनेको छ ।शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा मसुरिया फुटबल एकेडेमीलाई २–० ले हराउँदै जयकिसनले उपाधि उचालेको हो ।उपाधिका लागि जयकिसान स्पोर्टस् क्लबका खेलाडी बिक्रम सिंह ठकुरीले दुई गोल गरे उनले खेलको ३७ र ५९ मिनेटमा गोल गरेका हुन् ।
उपाधि उचालेको जयकिसानले नगद एकलाख पाँच हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यसैगरी उपविजेता बनेको मसुरिया एकेडेमीले नगद ५५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगितामा विधागत उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रुपमा मसुरिया एकेडेमीका दिवस बोहोरा सम्मानित भए । त्यसैगरी उत्कृष्ठ गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता पनि जयकिसानका बिक्रमसिंह ठकरी बने ।खेलाडी तथा टिमलाई बाँके बर्दिय मैत्री समाजका सरक्षक दीपक शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’ एवम् क्लबका अध्यक्ष दीपु रानालगायतले सम्मान गरेका थिए । मैटहवा माविको फुटबल मैदान सम्पन्न भएको प्रतियोगिता भारतिय दुई टिमसहित १७ फुटबल टिमले सहभागिता जनाएको थिए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन रहेको थियो ।

ताजा समाचार

spot_img