महेन्द्रनगर

गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धी गणक तथा सुपरिवेक्षकहरुलाई तालिमको उद्धघाटन गरिएकोे छ । शुक्रबार जिल्ला समन्वय समितिले आयोजना गरेको उक्त तालिमको जिल्ला समन्वय समितीका अध्यक्ष फैरु तामाङले गरेका हुन । गणकहरुलाई फिल्डमा काम गर्न सहज होस भनेर सो तालिमको आयोजना गरिएको जिल्ला समन्वय अधिकारी हरिदत्त भट्टले बताए ।


पाँच दिनसम्म चल्ने तालिममा बेदकोट नगरपालिकाका ९ जना, बेलौरी नगरपालिकाका ८ जना र पुनर्वास नगरपालिकाका ९ जना गरी जम्मा २६ जना गणकहरुको सहभागिता रहेको छ । कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण स्थानिय तहका गणकहरुलाई तिन चरणमा तालिम दिईने अधिकारी भट्टले बताए । पहिलो चरणमा बेलौरी, बेदकोट र पुनर्वासका गणकहरुलाई तालिम दिईरहेको अधिकारी भट्टले बताए ।

‘सबै स्थानिय तहका गणकहरुलाई तालिम दिन्छौ ।’, अधिकारी भट्टले भने ‘अहिले पहिलो चरणमा बेदकोट, बेलौरी र पुनर्वासका गणकहरुलाई तालिम दिईरहेका छौ, यो लगत्तै अर्को चरणको तालिमको आयोजना गरिनेछ ।’






