कांग्रेसद्वारा दोधारा चाँदनीका सबै वडामा संसद विघटन बिरुद्धमा बिरोध


दोधारा

नेपाली कांग्रेसले कम्यूनिष्ट सरकार र प्रतिनिधी सभा विघटन बिरुद्धमा दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा बिरोध प्रदर्शन गरेको छ् । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुरुप देशको सबै वडाहरुमा बिरोध प्रर्दशन गरिएको कांग्रेसका नेता बेल बहादुर रानाले बताएका छन् । नेता रानाका अनुसार दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा एक साथ प्रतिगम र गैर लोकतान्त्रिक कदम बिरुद्ध प्रर्दशन गरिएको बताए । ‘हामीले नेपाली कांग्रेंसको केन्द्रीय कार्यक्रम अनुसार सबै वडाहरुमा बृहत बिरोध प्रर्दशन गरेका छौं,’ नेता रानाले भने, ‘अब आएर फेरी जनता कांग्रेसको पक्षमा देखिएका छन् ।’ प्रधानमन्त्री ओलीको गैरलोकतान्त्रिक एवम् असम्वैधानिक कदम संविधानमा नभएको व्यवस्था बिरुद्ध कांग्रेस लोकतन्त्र जगाउनका लागी आन्दोलनमा उत्रिएको कार्यक्रममा बताईएको छ् ।

दोधारा चाँदनी वडा नं. १ को सावलिङ बोर्डिङ स्कुल, वडा नं. २ को पुर्णा आधारभुत बिद्यालय, वडा नं. ३ को पुर्णागिरी मन्दिर, वडा नं. ४ को नेपाली काग्रेंस पार्टी कार्यालय, वडा नं. ५ गौरा मन्दिर, वडा नं. को ६ कमलशा आधारभुत बिद्यालय, वडा नं. ७ र ९ को शुदुरपश्चिम बोर्डिङ स्कुल, वडा नं. ८ को पिपल चैतारा, वडा नं. १० को फकिरे चौहारामा आज नेपाली काग्रेंसले प्रतिनिधी सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन गरेको हो । केपी सरकारको असम्वैधानिक कदम बिरुद्धमा प्रदर्शन गरिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । नेपाल कम्न्युष्टिको दुई तिहाई सरकारले संसद बिघन गरेर असंबैधानिक काम गरेको भन्दै यसलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने बताएका छन् । कांग्रेस नेताहरुले अहिले भ्रष्टाचार बढेको र महंगीले नागरिक आक्रान्त भईरहेका बेला जनताको सर्वोच्च थलो संसदनै बिघटन भएकोले नागरिकको अधिकारका लागी नेपाली काग्रेंस सडकमा आउनु पर्ने बाध्यता रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिव राजेन्द्र मल्लले बताएका छन् ।

बर्तमान सरकार पतनको बाटो तर्फ उन्मुख भईरहेको उनले बताएका छन् । दुई तिहाइको दम्भ बोकेको नेकपा नेतृत्वकोे बर्तमान सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउदै जनतालाई जागरुक हुन अब ढिलो गर्न नहुनेमा भन्दै कम्यूनिष्ट सरकारमा लाज समेत हराएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिव राजेन्द्र मल्लले बताएका छन् । यस्तै बर्तमान सरकार जनताको जनजिबिका भन्दा आफ्ना कार्यकर्ता कसरी पोस्ने भन्नेमा बढी चिन्तीत रहेको बताउदै नेपाली काग्रेंसका नेत्री मथुरा पन्तले बर्तमान सरकारले मौलाएको भ्रष्टाचार तथा प्रतिनिधी सभा विघटन बिरुद्धमा एक जुट भएर लाग्नु पर्ने बताएका छन् । ‘मेची देखि महाकाली, हिमाल देखि तराई मधेश सम्मका जनता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार प्रति रुष्ट छन, जनतामा उमंग छैन, जताततै असन्तुष्टीका स्वर सुनिएका छन्’ नेपाली काग्रेंसका नेत्री मथुरा पन्तले भने– ‘सरकारको अधिनायकबादको बिरुद्ध सबै जनता एक जुट हुनै पर्छ ।

सरकार एक पछि अर्को अधिनायकबाद निर्णय गर्दैछ् । जनविरोधी सरकारको काममा नेपाली काग्रेसले सड्क बाट आवाज उठाई रहेका छन् ।’ कम्यूनिष्टहरुलाई दुई तिहाई मत दिदा समेत जनताको मतमा कुठाराधात गरेको कांग्रेसका नेताहरुले आगामी निर्वाचन लोकतान्त्रिक शक्ति कांग्रेसलाई साथ सर्मथन दिन आग्रह गरेका छन् । नेपाली काग्रेंस दोधारा चा“दनीका वडा वडामा संचालन भएको कम्यूनिष्ट सरकारको कारण प्रतिनिधी सभा विघटन बिरुद्धको बिरोध कार्यक्रममा नेपाली काग्रेंसका वडा सभापतीले कार्यक्रमको सभापतित्व गरेका थिए ।


ताजा समाचार

spot_img