कञ्चनपुर
प्रतिनिधी सभा विघटन बिरुद्धमा नेकपा प्रचण्ड, नेपाल पक्षीय राष्ट्रिय युवा संघले कञ्चनपुरमा राँके जुलुस प्रर्दशन गरेको छ । बिहीबार राष्ट्रिय युवा संघ कञ्चनपुरले महेन्द्रनगरमा राँके जुलुस प्रर्दशन गरेको हो । संसद विघटन बिरुद्धमा राष्ट्रिय युवा संघले देशभरीकै कार्यक्रम अनुसार जिल्लामा समेत राँजे जुलुस प्रर्दशन गरेको राष्ट्रिय युवा संघ कञ्चनपुरका नेता तिलक जप्रेसलले बताए ।

राष्ट्रिय युवा संघ कञ्चनपुरका संयोजक शुचित्र शाहले राँजे जुलुसको कोण सभाको संचालन गरेको कार्यक्रलममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले सम्बोधन गर्दै प्रधानमन्त्रीको असम्वैधानिक कदम बिरुद्धमा विद्यार्थी युवाले बिरोध गरेको बताउँदै गैर सम्वैधानिक कदम सच्याउन आग्रह गरे । राष्ट्रिय युवा संघ कञ्चनपुरका नेताहरुले संविधान कुल्चिएर जनताको अभिमतको उलङघन गर्ने काम बन्द गर्न समेत आग्रह गरेका छन ।







