बाबुको स्मृतिमा जेष्ठ नागरिकलाई खिर


कञ्चनपुर
कञ्चनपुरका पत्रकार धनन्जय अवस्थीले बाबुको स्मृतिमा महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका जेठ नागरिकलाई खिर खुवाएका छन । बुधबार भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकलाई खिर खुवाएको हो ।

शुक्लाफाँटा नगरपालिका १बन्साह बस्ने पत्रकार अवस्थीका बाबु बासुदेव अवस्थीको ६ महिना अघि देवासन भएको थियो । बाबुकै स्मृतिमा खिर खुवाएको पत्रकार अवस्थीले बताए । महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले पत्रकार अवस्थीले बाबुको स्मृतिमा समस्यामा रहेको अनाथालयमा उदारता देखाएको भन्दै आभार प्रकट गरेकी छिन ।


ताजा समाचार

spot_img