संसद विघटन बिरुद्धमा जसपाद्वारा टीकापुरमा बिरोध प्रर्दशन


कैलाली
प्रतिनिधी सभा विघटन बिरुद्धमा जनता समाजवादी पार्टीले बुधबार कैलालीको टीकापुरमा बिरोध प्रर्दशन गरेको छ । जसपाले लोकतन्त्र, गणतन्त्र एव जनताको त्याग तपस्याबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री ओलीले घाँटी रेटेको भन्दै बिरोध प्रर्दशन गरेको जनाएको छ ।
जसपा सुदूरपश्चिमकी नेतृ माया नेगीले हजारौँ, नेता कार्यकर्ता एव जनसागरका विच संसद विघटन बिरुद्धमा प्रर्दशन गरिएको बताईन । बिरो सभामा जसपा केन्द्रीय अध्यक्ष एव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिरो सभा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदम राष्ट्रघाती भएको बताउँदै संसद पुर्नस्थापनामा जोडदिए । जसपाले संसद विघटन बिरुद्धमा नियमित आन्दोलन गर्दै आएको छ ।

ताजा समाचार

spot_img