सहकारीमा ब्रम्हलुट, अध्यक्षले नै ऋण लिएर फरार


कञ्चनपुर

कञ्चनपुरको एक सहकारीमा ब्रम्हलुट मच्चिएको छ । सहकारीका अध्यक्षले आफु र शेयर सदस्यको नाममा ऋण निकालेर फरार भएका छन । शुक्लाफाँटा नगरपालिकामा रहेको पीपलाडी साना किसान सहकारी संस्थामा शेयर सदस्यमाथि ठगि र उनीहरुलाई झुक्याएर सापटी ऋण लगेर अध्यक्ष कलावती नेपाली फरार भएकी हुन । अध्यक्ष कलावती आफ्नो नाममा डेढ लाख र अन्य २७ जना शेयर सदस्यका नामबाट ८० लाख भन्दा बढि रकम लिएर सम्पर्क बिहिन भएपछि शेयर सदस्य विच्चलीमा परेका छन ।

उक्त सहकारीका शेयर सदस्यहरुले अध्यक्ष नेपालीले आफुहरुसंग घरयासी कामका लागि सापटी भन्दै शेउर सदस्यको नामबाट ऋण निकालेर सावा, ब्याज चुक्ता गर्नुको साटो फरार भएको भन्दै स्थानीय सरकारमा उजुरी दिएका छन । शेयर सदस्य हरिना दमाईले आफ्नो पारिवारिक समस्या भन्दै आफ्नो नामबाट ५०हजार रकम ऋण निकालाएर नदिेको बताईन । ‘म तिर्छु मेरो नामबाट यस अघि नै निकालिसके भन्दै ऋण निकाल्न लगायो, ‘उनले भनिन, ‘दुई महिनादेखि गायब भएकी छिन, रकम तिरेको छैन ।’ पीडित शेयरधनी सदस्यले शुक्लाफाँटा नगरपालिका १ वडा कार्यालयमा अध्यक्ष कलावती नेपाली बिरुद्ध उजुरी दिएका हुन ।

सापटी लगेको ऋण फिर्ता उनको खोजिका लागि भन्दै उजुी दिएका छन । वडाध्यक्ष हरिश विष्टले शेयर सदस्यबाट आएको निवेदनका आधारमा सहकारीका अध्यक्ष नेपालीलाई खोजिकार्यका लागि प्रहरीमा निवेदन दिएको बताए । सहकारीका प्रबन्धक माधवी गिरीले सहकारीबाट अध्यक्ष नेपालीले आफ्नो नामबाट एक लाख पचास हजार लगेको र बाँकी शेयर सदस्यले पनि आफ्नै नामबाट रकम लिएको बताएकी छिन । उनका अनुसार शेयर सदस्यले लगेको ऋण उनीहरुले नै चुक्ता गर्नुपर्छ , उक्त रकम कसलाई लिएको भन्ने बारेमा सहकारीले अध्ययन नगरेको बताईन । यस बारेमा सहकारीका अध्यक्ष कलावती नेपालीसंग सम्पर्क गर्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन ।


ताजा समाचार

spot_img