बैतडी

अनेरास्ववियू कञ्चनपुरले सहकर्मी एव विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । अनेरास्ववियूका नेता तिलकका बाबु देवसिह मालको २८ पुषमा अममायिक निधन भएको थियो । प्रिति शोकमा रहेका विद्यार्थी नेता तिलकको परिवारलाई भेट्न उनकै निवास डिशाशैनी गाँउपालिका ४ बैतडी पुगेका अनेरास्ववियू कञ्चनपुरका संयोजक बिरेन्द्र राज विष्ट नेतृत्वको विद्यार्थी नेताको टोलीले किरिया खर्च सहयोग गरेका हुन । आफ्ना सहकर्मी तिलकलाई संगठनका तर्फबाट सहयोग भन्दै किरिया खर्च उपलब्ध गराएका अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेताले बताएका छन ।

अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाचन्द्र गिरीले संगठनले आन्तरिक रुपमा संकलन गरेको नगद ८१ हजार ५सय रुपैया विद्यार्थी नेता तिलकलाई किरिया खर्च उपलब्ध गराएको बताए । संयोजक विष्ट सहित अनेरास्ववियूका कार्यालय सदस्य कैलाशचन्द्र गिरी, रमेश पन्त, सुरेश भट्टले हस्तान्तरण गरेका थिए । अनेरास्ववियू कञ्चनपुर संयोजक बिरेन्द्र राज विष्ट, सह संयोजक ओम बस्नेत, केन्द्रीय सदस्य गणेश सिह ऐरी अनेरास्ववियूका कार्यालय सदस्य कैलाशचन्द्र गिरी, रमेश पन्त, सुरेश भट्ट लगायतको टिमले सहकर्मी तिलकको लागि आन्तरिक रुपमा रकम संकलन गरेका थिए ।

अनेरास्ववियू कञ्चनपुरका संयोजक बिरेन्द्र राज विष्टले किरिया खर्च भन्दा पनि सहकर्मीलाई दुख परेका बेला भेटघाटै गरेर समवेदना एव समान्य आउनक्ने संकट मोजनका लागि किरिया खर्च उपलब्ध गराएको बताए । संगठनका सदस्यमाथि परेको प्रितिशोकमा अनेरास्ववियूले सद्भाव प्रकट गरेको माल परिवारको बुझाई छ ।






