कञ्चनपुर

नेपाल वाल संगठन बाल मन्दिर कञ्चनपुरको सभापतिमा राम बहादुर बुढा चयन भएका छन । सोमबार नेपाल वाल संगठन बाल मन्दिर कञ्चनपुरको साधारण सभाबाट सभापतिको बुढा सहितको कार्य समिति चयन गरिएकोछ । सदस्यमा दिर्घराज भट्ट, उमेश पाण्डेय, नवराज जोशी, कमल रोकाया, प्रशान्त भट्ट, नितेश रावल र लोकेश पाल रहेका छन ।


विघठित प्रतिनिधी सभा सदस्य तथा पुर्व महिला वाल वालिका तथा सामाजिक विकास समितिका सभापति निरुदेवी पालको प्रमुख आथित्य, नेकपा कञ्चनपुरका अध्यक्ष बीर ब. थापा(पालत)ं, काँग्रेस सचिव ईश्वर प्रशाद जोशी लगायतको उपस्थितिमा साधारण सभा भएको थियो ।







