कञ्चनपुर
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानले जमिन रोक्का फुकुवाको माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । आइतबार बेदकोट नगरपालिका ९ क्षेत्रका किसानले जमिन रोक्का फुकुवाको माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाईएको हो । लामो समयमदेखि बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रको जमिनको समस्या रहेको भन्दै स्थानीयले समस्या साधानको माग गरेका छन ।

स्थानीय एव युवा अगुवा सिरोमणी कुमार ओझा(सुर्य)ले जमिनको रोक्काको फुकुवा, आरक्षपीडितको समस्या सामाधन र लालपुर्जा नपाएका किसानलाई लालपुर्जा सहित सो क्षेत्रको सम्पूर्ण जमिन सम्बन्धीत समस्या साधानका लागि प्रमुख जिल्ला अधिकारी राम कुमार महातोलाई ज्ञापन पत्र बुझाईको बताए । ‘हाम्रो यहाँ जमिनको जटिल समस्या छ, ‘सुर्यले भने, ‘अब समस्या समाधानको पालो सरकारले हो ।’

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी महतोले समस्या समाधानका लागि पहल गरिने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा बेदकोट स्थानीय अगुवा ओझा सहित कर्ण बहादुर देउवा, जय बहादुर विष्ट, भान बहादुर विष्ट लगायतको अगुवा आएका थिए । उनीहरुले यस अघि पनि सो समस्या लिएर पटक पटक सरकारी सम्बन्धीत निकाय, राजनीतिक दल, नागरिक समाज लगायतका निकायसंग छलफल गर्दै आएका थिए ।







