कोरोना संक्रमणको कारण दोधारा चाँदनीका एक महिला स्वास्थ्य स्वयम् सेविकको मृत्यु


दोधारा

कोरोना संक्रमणको कारण माहाकाली नगरपालिका क्षेत्रमा कार्यरत एक महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. २ चाँदनी स्वास्थ्य चौकीमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको कोरोना संक्रमणको कारण मृत्यु भएको माहाकाली नगरपालिका स्थित रहेको चाँदनी स्वास्थ्य चौकीले जनाएको छ् ।

मृतक  वालकक्षाका शिक्षिका समेत रहेका थिए । केही दिन देखि ज्वरो आउने तथा खाँसीको समस्याबाट पिडित हुदै आएका बताईएको छ् । उपचारको लागी धनगढी स्थित सेती प्रदेशिक अस्पतालमा लगिएको थियो । उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको चाँदनी स्वास्थ्य चौकीका स्वास्थ्य चौकी प्रमुख दिलाराम भट्टले जानकारी दिएका छन् । धनगढी अस्पतालमा मृतकको उपचारमा निको नभएपछि काठमाण्डौं स्थित पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य चौकीका चौकी प्रमुख दिलाराम भट्टले बताएका छन् । कोरोना संक्रमणको कारण मृत्यु हुने माहाकाली नगरपालिकाको पहिलो ब्यक्ती बताईएको छ् ।

‘हाम्रो यस स्वास्थ्य चौकी चाँदनी अन्तर्गत वडा नं. २ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको कारोनाका कारण आज मिति २०७७/०९/२६ गते उपचारको क्रममा असमायिक निधन भएकोले हामी स्वास्थ्य चौकी परिवार निकै स्तब्ध र मर्महित भएका छौं । यस शोकको घडीमा परिवारजनमा भगवानले धर्यधारण गर्ने शक्ती प्रदान गरुन भनि प्राथना गर्दछौं । आज हामीले एउटा असल, मेहनती, उर्जावान र सामाजसेवी महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका गुमाएका छौं । वहाँको आत्माले शान्ती पावस स्वर्गमा बास होस भनि हार्दिक श्रंद्धान्जली ब्यक्त गर्दछौं’।

माहाकाली नगरपालिका वडा नं. २ चाँदनी स्वास्थ्य चौकीका स्वास्थ्य चौकी प्रमुख दिलाराम भट्टद्धारा जारी समबेदनामा भनिएको छ् । आज सम्म माहाकाली नगरपालिका क्षेत्रमा १ सय ५ जनामा कोरोना संक्रमण देखापरिसकेको छ् । जसमध्ये अधिकांश संक्रमित निको भएका छन् । माहाकाली नगरपालिका कार्यालयका ७ जना कर्मचारीलाई कोरोना संक्रमण फेला परेको माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । बिश्वभर महामारीको रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा माहाकाली नगरपालिकामा समुदाय स्तरमानै कोरोना भाइरस संक्रमण फेलिएको छ् । बिगतमा भारत लगाएतका तेस्रोमुलुक बाट फर्किएका नागरिकहरुमा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको भएपनि पछिल्लो समयमा भने माहाकाली नगरपालिकाका स्थानिय नागरिकमानै कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमानै कोरोना फैलिएको पुष्टि भएको हो ।

माहाकाली नगरपालिकाको मुख्य बजारहरुमा भिडभाड तथा भारतबाट अबैधरुपमा आयातित मालसमान तथा ओहरदोहरको कारण कोरोना भाइरसको संक्रमणले भयाभवहरुपले लिन सक्ने जानकारहरु बताउछन् । समुदाय स्तरमा संक्रमण देखिन थालेपछि माहाकाली नगर क्षेत्रमा भने खासै सर्तकता अपनाईएको देखिदैन् । माहाकालीमा बिभिन्न राजनितिक कार्यक्रम, खेल प्रतियोगिता, बैठक तथा अन्तरक्रियामा बिना स्वास्थ्य सुरक्षा नअपनाई कार्यक्रम हुदै आएको छ्। भिडभाड नगर्न, मास्क र सेनिटाईजरको प्रयोग गर्न, सावुन पानीले मिचिमिची हात धुन लगाएत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले सबैमा आग्रह गर्दै आएको छ् । सामाजिक दुरी र मास्कको प्रयोग गरेमात्रै पनि संक्रमण रोक्न सकिने प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले बताएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा भारतबाट घर फर्केका र उनिहरु संग सम्पर्कमा आएका, सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालयका जनप्रतिनिधी, प्रहरी, शिक्षक तथा स्थानियहरुमा कोरोना भाइरस संक्रमण देखिएको हो । समुदाय स्तरमा कोरोना संक्रमण देखिरहदा सार्वजनिक दूरी र कोरोनाको सम्भावित संक्रमणका बारेमा त्यति धेरै वास्ता गरिएको छैन् । स्वास्थ्य अधिकारीले माहाकाली नगरपालिकामा कोरोनाले कुनै बेला पनि संकटपूर्ण अवस्था सृजना गर्न सक्ने खतरा निम्त्याउने बताउदै आएका छन् ।

माहाकाली नगरपालिका पछिल्लो समय समुदाय स्तरमा संक्रमितको संख्या बढ्नु थालेको खतराको संकेत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको भनाई रहेको छ् । बिवाह, बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरु बिना मास्क हिडिरहनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको स्थानीयवासीहरुको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img