सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खबरै नभएपछि प्रधानमन्त्रीको स्वागतमा गइएन्

नेपालमा के कोरोनाको अन्त्य भएको हो त ?


धनगढी ,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै गएको अहिलेको समयमा आज धनगढीमा ठूलो जमात देखिएको छ जहाँ स्वास्थ्य मापदण्डको सरकारले नै पालना गर्दैन भने के जनताले अपनाउन सक्लान् त!यसरी पछिल्लो समयमा सभा सम्मेलनको आयोजना गर्दा के कोरोनाको जोखिम बढ्दैन कि? भन्ने जनमानसमा प्रश्न उब्जाएको छ। जुन धनगढीमा आयोजना एका-एक ठुलो संख्यामा जमात देखिने छ। यसको प्रभाव समाजमा कति पर्न जान्छ भन्ने वारेमा कसैको चासोको विषय भने बन्न सकेको छैनन् ।पछिल्लो समयमा नेपालको राजनैतिक उथलपुथल भएर एउटा टाउको र अर्को अन्य भाग हुँदा पार्टीमा नै अस्थिरता छाउँदा जसमा संबैधानिक नभएर असंवैधानिक आधारमा संसद विघटन गरिएको र त्यही फलस्वरूप जताततै झुन्ड देखाउनेको प्रतिस्पर्धा हिजो भएकै नै थियो र आझ पनि हुनलागेको नै छ जुन भब्य सम्मेलन रे! जनमानसले आवश्यकता अनुरुप काम गर्दा महामारी रे! ठुला -ठुला पार्टी र त्यही उन्मुख पछिल्लो सरकारको ढंगले जुन संविधान २०७२ थियो त्यो आज अकमक्क पर्दै नियालेर हेरि बस्न बाध्य बनेको छ । जुन देशमा छाएका पछिल्लो समया दामोदरका कारण रुन भुक्क बनाइएको छ।
यसरी विभाजनको कारण आज हुनलागेको प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिमका पार्टी कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका छन्। प्रधानमन्त्री धनगढी आइपुग्दा मुख्यमन्त्री मन्त्री लगायत सरकारलाई कुनै जानकारी नदिएको बुझिएको छ ।
प्रधानमन्त्री आउदा मुख्यमन्त्री स्वागतमा नगएको जिज्ञासामा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकिय सचिव शिवसिं ओलीले औपचारिक जानकारी नभएकाले नगएको बताए।

ताजा समाचार

spot_img