नेपाल पत्रकार महसांघ शाखा कञ्चनपुरको साधारण सभा सम्पन्न

पत्रकार महासंघको आगामी केन्द्रीय नेतृत्व प्रत्यक्ष निर्वाचनबाट


कञ्चनपुर,
नेपाल पत्रकार महसांघ शाखा कञ्चनपुरको साधारण सभा सम्पन्न भएको छ । महेन्द्रनगरमा बिहीबार पत्रकार महासंघ शाखा कञ्चनपुरको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष अध्यक्ष गोबिन्द आचार्यले पत्रकार महासंघ शाखा कञ्चनपुरको बार्षिक साधारण सभा उद्घाटन गर्दै पत्रकारको हक अधिकारका लागि महासंघले थुप्रै संघर्ष गरेको बताए ।
अध्यक्ष आचार्यले पत्रकार महासंघले नै संघीयताको अभ्यास गरेको बताए । ‘पत्रकार महासंघले मात्रै संघीयताको अभ्यास गरेको छ, ‘अध्यक्ष आचार्यले भने, ‘जिल्ला, प्रदेश र केन्द्रमा तीन समितिको अभ्यास गरेको छ ।’ पत्रकार महासंघले आगामी नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट अब तीनै तहका समिति चयन हुने अध्यक्ष आचार्यले बताए । ‘अब तीनै तहका निर्वाचनमा साधारण सदस्यले प्रत्यक्ष चुन्नेछन, ‘अध्यक्ष आचार्यले भने, ‘हामीले विधान संशोधन गरेका छौँ ।’ अध्यक्ष आचार्यले यस अघि पत्रकार महासंघ केन्द्रीय र प्रदेश समिति नेतृत्व समितिले नेतृत्व र चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने बताए । कोरोनाका कारण समस्यामा परेका पत्रकारको उद्दार एव पारिश्रमिक उपलब्ध गराएको अध्यष आचार्यले बताए ।
साधारण सभामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले पत्रकारले असल पत्रकार बन्न सुझाव दिए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले पत्रकार र पत्रकारिताको विकासका लागि स्थानीय तहबाट सहयोगको बचन दिए । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर दिल बहादुर ऐरले पत्रकार जगत र स्थानीय तह मिलेर अघि बढ्नुपर्नेमा जोडदिए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति कर्णदेव भट्टले लोकतन्त्र रक्षाका लागि पत्रकारको अहम भूमिका हुने बताए ।
। सुदूरपश्चिम विश्वविद्यालयका पत्रकारिता विषयका पत्रकार उमाकान्त जोशीले निष्पक्ष रुपमा मुद्दा उठानमा सुझाव दिए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश राज जोशीले पत्रकारल सबै दल एव विचारको मुद्दा उठानमा जोडदिए । काँग्रेस कञ्चनपुरका सचिव ईश्वर जोशीले निष्पक्षतामा जोडदिए । प्रेस संगठन कञ्चनपुरका सहसंयोजक राजेन्द्र प्रशाद अवस्थीले पत्रकार महासंघले पत्रकारको हक हितमा थप काम गर्नुपर्नेमा सुझाव दिए । प्रेस यूनियनका केन्द्रीय सदस्य हरिस भट्टले पत्रकारको हकहितमा जोडदिए । गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश शिलालले कोरोनाका बेला पत्रकार अहोरात्र खटिएको बताए ।
साधारण सभामा भीमदत्त,दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी, बेलडाँडी गाँउपालिकालाई महासंघले सम्मान गरेको छ । पत्रकार महासंघको बृद्धि विकासमा सहयोग गरेको भन्दै प्रमाण पत्रबाट सम्मान गरिएको हो ।
यस्तै महासंघका पुर्व अध्यक्ष राम बहादुर चन्द, चित्राङ्ग थापा, युवराज घिमिरे, हरि प्रशाद जोशी, लक्ष्मण तिवारी, स्व.पत्रकार कर्ण बोहरालाई मरणोप्रान्त सम्मान गरिएकोछ । बन्दसस्त्रमा सचिव अमर बहादुर चन्द र कार्यबाहक कोषाध्यक्ष भाष्कर केसीले प्रंस्तुत गरेको बार्षिक कार्य प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो, भने उपाध्यक्ष केशव साउद, सचिव अमर बहादुर चन्दले कार्यक्रम संचालन गरेका थिए । कार्यक्तममा महासंघ केन्द्र, प्रदेश एव जिल्लाका पदाधिकारी, जनप्रतिनिधी, सुरक्षाकर्मी, विभिन्न सरकारी निकायका पदाधिकारी सहित साधारण सदस्यको उपस्थिति रहेको थियो । साधारण सभामा सचिव अमर बहादुर चन्दले बार्षिक प्रगति र कावा कोषाध्यक्ष भाष्कर केसीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन ।
साधारण सभामा यस शाखाबाट केन्दीय सदस्य निर्वाचित भएका श्याम भट्ट लगायतका केन्द्रीय, प्रादेशिक पदाधिकारी लगायत सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
०७३ फागुमा निर्वाचित पत्रकार महासंघ कञ्चनपुरको यो कार्य समितिको अवधि आउँदो फागुनमा सकिदैछ । कोरोनाका कारण ६ महिना कार्यकाल थप भएको थियो । पत्रकार महासंघको भीमदत्त नगरपालिका १८ सालघारीमा दुई तल पक्की भवन निर्माण भएको छ । देशभरीको उत्कृष्ठ शाखा भन्दै यस अघि पत्रकार महासंघ केन्द्रले शाखालाई सम्मान समेत गरेको थियो ।


ताजा समाचार

spot_img