दोधारा

विदेशबाट आएका र उनीहरु संग सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिदै आएपनि अहिले आएर माहाकाली नगरपालिकाका समुदाय स्तरमा दु्रत गतीमा संक्रमण देखिन थालेको छ् । अझै सम्म माहाकाली नगरपालिका कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएको छ् । यस्तै ३ जना जनप्रतिनिधी, एक जना प्रहरी जवान, ४ जना स्वास्थ्यकर्मी तथा स्थानियहरुमा कोरोना संक्रमण देखा परेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । अझै सम्म माहाकाली नगरपालिका क्षेत्रमा एक सय जनामा कोरोना संक्रमण फेला परिसकेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

यसले संक्रमण समुदायमा संक्रमण फैलिसकेको संकेत गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका स्वास्थ्यकर्मीहरुले समुदाय स्तरमा संक्रमण फैलिरहेको चेतावनी दिएका छन् । कोरोना संक्रमण जाचलाई फराकिलो पार्ने हो भने माहाकाली नगर क्षेत्रमा थुप्रै कोरोना संक्रमण भएका ब्यक्ती फेला पर्न सक्ने बताईएको छ् । बिगतमा भारत लगाएतका तेस्रो मुलुक बाट फर्किएका नागरिकहरुमा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको भएपनि पछिल्लो समयमा भने स्थानिय नागरिकमानै कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमानै कोरोना फैलिएको पुष्टि भएको हो । अहिले मान्छेहरुको भिडभाड हुने मूख्य क्षेत्रहरुमा कोरोना भाइरसको जोखिम उच्च रहेको छ् ।

सुरुमा स्थानिय स्वास्थ्यकर्मीमा देखिएको कोरोना सुरक्षाकर्मी, माहाकाली नगरपालिका कार्यालयका कर्मचारी, जनप्रतिनिधी हुदै स्थानिय नागरिकमा समेत संक्रमण पुष्टि भएको छ । माहाकाली नगरपालिका क्षेत्रमा खासै सर्तकता अपनाइएको पाईएको छैन् । भिडभाड नगर्न, मास्क र स्यानिटाईजरको प्रयोग गर्न, सावुन पानीले मिचिमिची हात धुन लगाएत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले आग्रह गरेको छ् । माहाकाली नगरपालिका क्षेत्रमा बिद्यालय रहेका क्वारेन्टाईन हटाईएको छ भने, एक स्थानमा आईसोलेसन स्थापना गरिएको छ् ।
सक्रिय संक्रमितहरु होम आईसोलेसन र माहाकाली नगरपालिका कार्यालयले तोकेको आइसोलेसनमा रहेका छन् । संक्रमण शुरु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले दाबी गर्छन् । हाल छिटपुट रुपमा कोरोनाको ‘रैथाने’ केस देखिन थालेको भएपनि समुदाय स्तरमा जा“चको दायरा फराकिलो बनाए धेरै मात्रामा संक्रमण फेला पर्न सकिने प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीको भनाई रहेको छ् । कोरोना संक्रमण फैलिनबाट रोक्न समुदाय स्तरमा जनचेतना जगाउन जरुरी रहेको जानकारहरु बताउछन् । हामीले घर बाहिर निस्किँदा स्वास्थ्य सावधानी अपनाएनौं भने थप संक्रमण फैलिन सक्ने बताईएको छ् ।
उता माहाकाली नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा आवत जावत तथा अबैध समान ओसार पसारको कारण कोरोना संक्रमण फैलिउको एक थरीको भनाई रहेको छ् । सिमा क्षेत्रमा खुलारुपमा आवात जावत तथा समान ओसार पसारले भारतिय क्षेत्रबाट कोरोना संक्रमण भित्रिएको एक थरीको भनाई रहेको छ् । संक्रमण रोक्न माहाकाली नगरपालिका संग जोडिएको सिमा क्षेत्र समेत सजगता अपनाउनु पर्ने स्थानियहरुको भनाई रहेको छ् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी केही अघि लकडाउन गरेको थियो । यस्तै माहाकाली नगरपालिका क्षेत्रमा रहेको संस्थागत तथा सामुदायिक बिद्यालय बन्द गरेको थियो । तर केही संस्थागत बिद्यालयहरुले बिद्यालय संचालनमा ल्याएको खबर प्राप्त भएको छ् ।






