कञ्चनपुरको उदयदेव बहुउद्देशीय सहकारीले मोबाईल बैकिङ्ग सेवा


कञ्चनपुर

कञ्चनपुरको उदयदेव बहुउद्देशीय सहकारी सस्थाले मोबाइ्र्रल बैकिङ्ग सेवा शुचारु गरिएको छ । अंग्रेजी बर्ष २०२१को अवसर पारेर सहकारीले मोबाईल बैकिङ्ग सेवा शुचारु गरेको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा मुख्य कार्यालय स्थापना गरेको सहकारीले प्रविधिको उच्चतम सदुपयोगका लागि मोबाईल बैकिङ्ग सेवा संचलान गरेको जनाएको छ । उदयदेव बहुउदेशीय सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्दले कोडिभ १९बाट सर्तक रहनका साथै प्रविधिको सदुपयोग गर्दै ‘क्यास र पेपरलेश बनाउने उदेश्य रहेको बताए ।

‘अब हामी पेपर र क्यासलाई विस्थापन गर्दै, ट्याबलेट मोबाईल सेवा शुचारु गछौँ ।’ कार्यकारी प्रमुख चन्दका अनुसार ‘उदयदेव स्र्माट एफस’ मार्फत सेवा प्रदान गरिने छ । ‘सहकारीका सबै सदस्य एव ग्राहकलाई सेवा बारे जानकारी गराउँछौँ, ‘उनले भने, ‘प्रविधिको प्रयोगबाट समयको समेत बचत हुन्छ ।’ उपभोक्ता ग्राहकले घरमै बसेर आफ्नो खातामा रकम जम्मा एव ट्रान्सर्फर गर्न सक्ने सुविधा भएको कार्यकारी प्रमुख चन्दले बताए । उनले सहकारीका गैर उपभोक्ता एव ग्राहकलाई समेत बिद्युत, खानेपानी, मोवाईलमा रिचार्ज, अन्य बैकमा रकम ट्रान्सफरको सुविधा उपलब्ध गराईनेछ । ‘शुरुका चरणमा कम्तिमा २५को लिमिटेशन राखेका छौँ, ‘उनले भने, ‘यसको उपयोग एव लाभबारे विश्लेषण गरेर थप गर्दै जान्छौँ ।’ उदयदेव बहुउद्देशीय सहकारी सस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले सहकारीले पनि आधुनिकतासंगै नविनतम प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई अधिकतम सेवा दिने बताए ।

सहकारीले भीमदत्त नगरपालिका १९बाँगफाँटामा एक विगाह जमिन भाडामा लिएर कष्टमहायरसेन्टर स्थापना गरेर पहिलो बर्षको एक अन्नबाली सिजनमा अढाईसय किसानलाई सेवा दिएको बताए । सहकारीले मुख्य केन्द्र्रीय कार्यालय महेन्द्रनगरमा स्थापना गरेर ५ सेवा केन्द्रबाट सेवा विस्तार गर्दै आएको र आगामी दिनमा सुदूरपपश्चिम प्रदेशभरी कार्यक्षेत्र विस्तार गरिने योजना रहेको अध्यक्ष चन्दले बताए । आउँदो माघभित्रै कैलालीको धनगढी र अत्तरियामा शाखा विस्तार हुनेछ । ‘सहकारी मार्फत तराई पहाडको कृषि उत्पादन बजारसम्म पु¥याउँछौँ, ‘उनले भने, ‘ग्रामिण भेगका विपन्न किसानलाई आत्मनिर्भर बनाउँछौँ ।’

मोबाइ्र्रल बैकिङ्ग कार्यक्रमको सचालन गर्दै उदयदेव बहुउद्देशीय सहकारी सस्थाका संचालक चित्राङ्ग थापाले सहकारीले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि सारेको योजनाबाट किसान लाभान्वित भएको बताए । सहकारीले लघु वित्त मार्फत समेत कार्यक्रम संचालन गरेको छ । दुई दशकअघि १०लाख शेयरपुँजीबाट शुरुवात गरिएकोसहकारीको हाल ११ करोड शेयर पुँजी रहेको छ । १अर्ब ८करोड ऋण लगानी, ९५ करोड निक्षेप संकलन गरेको छ । साढे २३ हजार शेयर सदस्य रहेको सहकारीले कृषि, लघु उद्यम पशुपालन एव उद्यमशिलता क्षेत्रमा काम गर्दै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img