दोधारा

माहाकाली नगरपालिकाका गाँउ घरमा आरन व्यवसायबाट राम्रै जिविका चलाउदै आएका दलित समुदायको पुख्र्यौली पेशा अहिले हराउदै गएको छ् । युवा पुस्ताले चाँसो नदिदा तथा गाँउ घरमा कोइलाको अभाव हुन थालेपछि दलित समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय लोप हुदै गएको छ् । आरन पेशालाई व्यवसायरुप दिनका लागी माहाकाली नगरपालिका कार्यालयले आज एक कार्यक्रमको बिच आरन ब्यवसाय सुधारको लागी सामग्री बितरण गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरीले माहाकाली नगरपालिकामा बसोबास गर्दै आएका र आफ्नो आरन ब्यवसायबाट गुजारा चलाउदै आएका ४३ जना आरान ब्यवसायकहरुलाई आरानका सामग्री पंखा, घन, ली, हतौडा लगाएत सामग्री प्रदान गरेका छन् ।

कार्यक्रममा माहाकाली नगरपालिका नगर कार्यपालिका सदस्य मान बहादुर टेलर, नन्दलाल सुनार लगाएत आरन ब्यवसायकर्मी तथा स्थानियहरुको उपस्थिती रहेका थिए । पुरानो आरन व्यवसाय समुदायबाटै लोप हुदै गएका कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो । आरन व्यवसायलाई जसोतसो अहिले सम्म पनि निरन्तरता दिदै आएको आरन ब्यवसायकहरुले बताएका छन् । ‘युवा पुस्ता आरन सम्बन्धी सीप सिक्न छाडेर विदेश तिर लागे, गाँउमा बसेर पुरानो पेशा सम्हाल्ने युवा नहुदा आरन व्यवसाय हराउदै गएको छ’ आरन ब्यवसायहरुले बताएका छन् । माहाकाली नगरपालिकाको उनिहरुलाई गरेको सहयोगले घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, भाँडाकुडाहरु निर्माण कार्यमा सहयोग पुग्ने बताईएको छ् ।

जसले आयातित बस्तुहरुलाई विस्थापन गरि विपन्न नागरिकहरुको आय आर्जनमा सुधार हुने विश्वास लिईएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा झण्डै ५० वटा समान्य प्रकारका आरन व्यावसाय रहेका छन् । उनिहरुलाई आरन सुधार अभियान अन्तर्गत आधुनिक सामाग्रीहरु नगरपालिकाले वितरण गरेको हो । विपन्न नागरिकहरुले निर्वाहमुखी रुपमा संचालन गर्दै आएको आरन पेशालाई आधुनिकिकरण गर्दै नगरपालिका भित्र चाहिने फलाम र तामाका सामानहरु उत्पादन गर्ने अभियान प्रभावकारी हुने बताईएको छ् । आरन ब्यवसायले दलित समुदायको आयस्तर उकास्नुका साथै परम्परागत संस्कृति जगेर्ना गर्ने विश्वास व्यक्त गरिएको कार्यक्रममा बताईएको छ् ।
