महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघ कञ्चनपुरले ग्रासरुट फुटबल बिकासका लागि खेलकुद सामग्री वितरणको कार्यलाई तिब्रता दिएको छ।

जिल्लाका विभिन्न पालिकामा फुटबल खेललाई निरन्तरता दिदै नियमित रुपमा प्रशिक्षणमा रहेका खेलाडी लाई सोमबार कृष्णपुर नगरपालिका वडा न.९ राजघाटमा रहेको रिभर साइट स्पोर्ट्स क्लब र कृष्णपुर नगरपालिका वडा नं.- ०२ बनहरामा रहेको एबिएफसी क्लब लाई ग्रासरुट फुटबल बिकासको क्षेत्र लाई मध्यनजर गर्दै कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले खेलकुद सामग्री हस्तान्तरण गरेको बताउनु भयो।

उनका अनुसार, कृष्णपुरका नगरपालिका छुट्टाछुट्टै खेलमैदानमा नियमित रुपमा ग्रासरुट फुटबल बिकास लागि सञ्चालनमा रहेको फुटबल प्रशिक्षण लाई मध्यनजर गर्दै फुटबल प्रशिक्षक, खेलाडी लाई फुटबल लगायत आवश्यक सामग्री हस्तान्तरण गरेको हो। उक्त कार्यक्रमको अवसरमा समाजसेवी बचन बहादुर सिंहले खेलाडीहरु लाई आवश्यक फुटबल जुत्ता समेत सहयोग गरेको छ।

खेलकुद सामग्री वितरण कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का समाजसेवी वचन बहादुर सिंह, किरण परियार सदस्य-ग्रासरुट उप-समिति लगायत समाजसेवी खेलप्रेमी खेलाडीहरुको उपस्थिति रहेको थियो ।






