साउदी दमाम: साउदी अरबको दमाममा राहदानी नवीकरण फाराम संकलन कार्य सम्पन्न भएको छ।

नेपाल राजदुतावास साउदी अरब रियादले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सहजीकरणमा दुई दिने राहदानी नवीकरण फाराम संकलन कार्य सम्पन्न गरेको हो।

वैदेशिक रोजगारीमा साउदी अरबमा नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा दुई दिने अस्थायी शिविर सञ्चालन भएको थियो। जसमा १०७९ जनाको राहदानी नवीकरणको लागी फारम संकलन,१०८६ जनाको नवीकृत राहदानी बितरण र ५० जनाको वहिर्गमन भिषाको लागि फारम भर्ने कार्य संयुक्त रूपमा गरिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्यालले बताउनु भएको छ।

शुक्रबार र सनिवार गरि दुई दिन जुलाई ४,५ तारिख नेपाली श्रमिकहरुको सहजीकरणका लागि सम्पुर्ण संघसंस्था, अग्रज व्यक्तित्व लगायतको सहयोगमा उक्त कार्य सम्पन्न भएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अध्यक्ष रबिना अर्यालले हार्दिक धन्यवाद समेत दिनु भएको छ।







