कञ्चनपुर
बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाको आर्थिक सहयोग भीनपा –१२ को वडा कार्यालयमा सरोकारवाला सँग छलफल भएको छ ।

भीमदत्तनगरपालिकाको उप–प्रमुख शुशिला चन्द सिह, १२ का वडा अध्यक्ष कृष्ण सिह देउवा, ११ का प्रेम जैसी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । वन, जल, वातावरणको बचावट गर्ने उदेश्य लिएको बफर नेपाल पानी प्रोजेक्टका अध्यक्ष उजीर सिह सुनारले अवैध रुपमा हुने महाकाली नदीमा र चुरे भेगमा हुने उत्खनन्को बचावटको लागि सबैले आ–आफनो तर्फबाट नडराई कानुन अनुसार लागेर यस क्षेत्रको बचावट गर्नुपर्ने जसले गर्दा यहाँका स्थानिय बासिन्दलाई बाढी पहिरो बाट हुने कटान र डुबान बाट बचाउन सकिने कुरामा जोडदिनु भयो ।

त्यसैगरी उप्र–प्रमुख शुशिला चन्द सिहले कानुनको पालन गर्दा विभिन्न किसिमका समस्या आउने उत्खनन रोक्न खोज्दा गरीब, असहाय जो बालुवा गिट्टी छानेर आफ्नो गुजारा गर्छन उनीहरुको रोजगारी जाने अवस्था विकल्पको रुपमा हाल नगरपालिकाले उनीहरुलाई केही गर्न नसक्ने अवस्थाका कारण पनि यस प्रकारको अवैध उत्खनन हुन गईरहेको र सबै मिलेर यसको समाधान गर्नु पर्ने र आफु सधै सहयोगको लागि तयार रहेको बताउनु भयो । मंगलबार भएको उक्त कार्यक्रममा धनगढी उपमहानागरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले उत्खनन सम्बन्धी र त्यसको बचावटको लागि गर्नु पर्ने रोकथाम सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नु भयो ।

उप–प्रमुख शुशीला चन्द सिहको सभा अध्यक्षतामा भएको कार्यक्रममा वाफर नेपालको कार्यक्रम संयोजक ममत्ता रावलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । वडा नं. ११ र १२का अध्यक्षले आफ्नो तहबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा भीनपा–११ र १२ का वडा अध्यक्ष लगायत वडाका सदस्य, स्थानिय, लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।
