स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द


दोधारा

स्वास्थ्यकर्मीलाई कारोना संक्रमण देखा परेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको छ् । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा २८ वर्षिय महिला, २७, ५९ र ३८ वर्षिय पुरुष स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण फेला परेपछि आज एक सुचना प्रकाशित प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरिएको हो ।

संक्रमण देखिएका सबै जना स्वास्थ्यकर्मी होम क्वारेन्टाईनमा रहेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ् । माहाकाली नगरपालिकामा समुदाय स्तरमा संक्रमण देखा पर्न थालेपछि स्थानियहरुमा त्रास छाएको छ् । अझै सम्म शिक्षक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा स्थानियहरुलाई कोरोना संक्रमण देखा परिसकेको छ् । ‘यस प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ (कोरोना) संक्रमण देखिएको हुदा मिति २०७७/०९/११ गते देखि अर्को सुचना नभए सम्म यस प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालित आकस्मीत र प्रसुती सेवा बाहेक अन्य सम्पुर्ण दैनिक सेवाहरु बन्द रहने ब्यवहोरा यसै सुचनाद्धारा जानकारी गराईन्छ् ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुबिद्याको लागी प्राथमिक स्वास्थ्य केन्द्र परिवार क्षमा प्रार्थी छौं’ प्रथामिक स्वास्थ्य केन्द्र दोधाराका मेडिकल अधिकृत डा. सुवास बरालद्धारा प्रकाशित सुचनामा भनिएको छ् । माहाकाली नगरपालिकामा अझै सम्म माहाकाली नगरपालिकामा ९५ जनालाई कोरोना संक्रमण देखा परेको त्यसमध्ये अधिकांश निको भएको बताईएको छ् ।


ताजा समाचार

spot_img