सुदूरपश्चिममा स्पाइनल ईन्जुरी संघ गठन,अध्यक्षमा जोशी


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशमा अतिअशक्त अवस्थामा रहेका अपङ्गता भएका ब्यक्तिहरु संगठीत भएका छन् ।
अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने खेलकूदकाे आधिकारीक संस्था पाराओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा अपाङ्गता अभियानकर्मी दीर्घकुमार स्वारकाे अध्यक्षतामा धनगढीमा भएकाे भेलाले १५ सदस्यीय कमिटी चयन गरेकाे छ।धनगढी उप-महानगरपालिका ३ नम्बर वडाअध्यक्ष बलवहादुर ऐरकाे प्रमुख आतिथ्यमा भएकाे उक्त भेलाले धनगढी-१२ जुगेडाका रामप्रसाद जाेशी अध्यक्षमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा पूर्व माओवादी लडाकु शैलजा विक, सचिवमा डडेल्धुराका गणेश अवस्थी, कोषाध्यक्ष गाैरीगंगा-कैलालीकी टीका कुमारी पुरी, सहसचिव योगेन्द्र बहादुर खड्का भीमदत्तनगर कञ्चनपुर रहेका छन् । यस्तै सदस्यहरुमा ताराप्रसाद पाण्डेय, दिनेश ठकुन्ना, लखन चाैधरी, वीरबहादुर भाट , कल्पना बिष्ट, वीरबहादुर भाट, अमन चाैधरी, अनिल रावत, नृप साउद रहेका छन् । राज्य तथा सराेकारवाला संघ संस्थावाट अपहेलित गरिरहेको वेला अपाङ्गता भित्रकाे उक्त समुहले आफ्ना हक अधिकारका बारेमा सामुहिक आवाज उठाउन संगठित भएकाे उक्त कमिटीकाे बरिष्ठ सल्लाहकारमा दीर्घ कुमार स्वार भीमदत्तनगर कञ्चनपुर र भवानी ऐर धनगढी रहेका छन् ।समावेशी तथा पहुचयुक्त वातावरणमा स्पाईनल ईन्जुरी भई अपाङ्गता भएका ब्यक्तिहरूलाई सबै अधिकार दिलाई आत्म सम्मानकासाथ समाजमा स्वावलम्वन तथा पुनर्स्थापित गराउन स्पाईनल ईन्जुरी नेटवर्क नेपाल सँगकाे समन्वयमा सुदूरपश्चिम प्रदेशमा संगठन बनाएकाे बरिष्ठ सल्लाहकार तथा पाराओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वारले जानकारी दिए ।कार्यक्रममा छुनुमुनु सिटाैला (राष्ट्र सेवक परिवार) जपानकाे आर्थिक सहयाेगमा सुदूरपश्चिम प्रदेशमा रहेका स्पाईनल ईन्जुरी भै अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै वडाअध्यक्ष ऐरले समाजमा रहेका बस्तविक अपाङ्ता भएका ब्यक्तिकाे सहज जीवन यापनकालागि आफु कुनै सार्वजनिक पदमा नभएपनि सहयाेग गरिरहने प्रतिबद्धता जनाए । उनले खान, बस्न तथा पढ्ने अवसरवाट बञ्चित रहेकाकाे आफु अभिभावक बन्न तयार रहेकाे भन्दै अपाङ्गता भएका ब्यक्ति कसैमा समस्या भए सम्पर्क गर्न आग्रह गरे । अतिथि समाजसेबी दीर्घराज भट्ट अतिथि समाजसेवी राजेन्द्रसिह रावल अपाङ्ग अधिकारकर्मी मनोज चन्द रहेका थिएभने कार्यक्रम संचालन बरिस्ठ सल्लाहकार भवानी ऐरले गरेका थिए ।

ताजा समाचार

spot_img