कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश महिला क्रीकेट टिमको कप्तान बिन्दु रावल लाई थाप जिम्मेवारी दिएको छ।
प्रधानमन्त्री कप सिनियर टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगिता यहि पुस ११ गते देखि दाङको लमहिमा आयोजना हुने महिला क्रीकेट प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेश महिला क्रीकेट टिमको १४ सदस्य टोलिको नामावली सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघले सार्वजनिक गरिएको छ।

कञ्चनपुर जिल्ला महिला क्रीकेट टिमको उपकप्तानको जिम्मेवारी पाएकी रावल प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेश महिला क्रीकेट टिमको जिम्मेवारी उनलाई दिएको छ। उनले राष्ट्रिय स्तर देखि अन्तराष्ट्रिय खेलमा ब्याटिङको निकै अनुभव बटुल्न सफल रहेकी एक सुदूरपश्चिमकि अब्बल खेलाडी विन्दु रावलको कप्तानीमा टोली घोषणा गरेको हो।
कञ्चनपुर जिल्ला घर भएकी विन्दु रावलको कप्तानीमा रहेको टिममा रुवी पोदार उप-कप्तानको जिम्मेवारी पाएकी छन। त्यसै गरी मञ्जु बोकटी, रितु कनोजिया, कविता जोशी, डलि भट्ट, लक्ष्मी साउँद, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी र सम्झना खड्का टीममा पर्न सफल भएका छन । यस्तै वैकल्पिक खेलाडीमा मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी रहेका छन ।
सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघले आज मेरो नेतृत्वमा टिमको घोषण गरेको हुँदा एकदमै खुसीका साथ कञ्चनपुर जिल्ला क्रीकेट संघ र प्रादेशिक क्रीकेट संघलाई हार्दिक धन्यवाद दिन चान्छु र जुन विश्वासका साथ आज टिमको जिम्मेवारी दिनु भएको छ त्यसलाई आत्मसात गर्दै पूरा गर्ने छु कप्तान रावलले ई-सुदूर दर्पण डट कम लाई बताईन। उनले भनिन् यात्रा निरन्तर चुनौतीपूर्ण भएता पनि यसलाई सहजै सम्पुर्ण खेलाडी साथिहरु को मेहनतले सोचे अनुसारको प्रतिफल हात पर्ने छौँ।सुदूरपश्चिम प्रदेशको महिला टिमको प्रशिक्षकमा जानकी भट्ट तथा व्यवस्थापकमा दिनेश सिंह लाई जिम्मेवारी दिएको छ।
नेपाल क्रीकेट संघ (क्यान)ले केही दिन अघि सार्वजनिक गरीएको खेल तालिकामा बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश १ सॅंगै समुह “बि” मा रहेको सुदूरपश्चिम प्रदेशले पहिलो खेल गण्डकी प्रदेश सामना गर्ने छ। प्रतियोगितामा सात प्रदेश र एक विभागिय टिम गरी आठ टिमको सहभागिता जनाउने छन् ।