कञ्चनपुर,
सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आयोजना तथा कञ्चनपुर जिल्ला क्रीकेट संघको व्यवस्थापनमा यहि २७ गते देखि महेन्द्रनगरमा जारी प्रदेशस्तरीय सिनियर एकदिवसीय क्रीकेट प्रतियोगिताको दोश्रो चरणको खेलमा कैलाली र बैतडीको विजय सुरुवात गरेका छन् ।

मंगलबार भएको दोस्रो चरणको पहिलो खेल बैतडी र बझाङ बीच भएको उक्त खेलमा बझाङले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १५० रन बनाउन सक्यो। ब्याटिङतर्फ बझाङका लागि दिनेश ओडले ४९ बल खेल्दै सर्वाधिक ३५ रन बनाउदा तल्लोक्रममा ब्याटिङ गर्न आएका अशोक धामीले १५ बलमा अविजित २२ रन,रिजन थापाले ३८ बलमा १९ रन,अभिनाश सिंहले ४३ बलमा १८ रन तथा कप्तान राजन सिंहले १२ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ बैतडीका लागि खडक बोहराले ६.३ ओभरमा १८ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल भए भने जितेन्द्र रावल ३ ओभरमा २५ रन र जगदीश चन्दले ७ ओभरमा १ मेडेनसहित २४ रन खर्चंदै समान २/२ विकेट लिएका थिए।
१५१ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडीले निर्धारित ५० ओभरको खेलमा १९.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा १५१ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित आफ्नो नाममा दर्ता गराउनुका साथै प्रतियोगितामा विजय सुरुवात पनि गरेको छ।
ब्याटिङतर्फ बैतडीका लागि विरेन्द्र नाथले ४१ बलमा ४० रन बनाउदा डम्बर बुडाल १९ बलमा ३० रन,गजेन्द्र बोहरा २९ बलमा ३० रन,दिपक बोहरा १५ बलमा १४ रन तथा खडक बोहराले १५ बलमा १२ रन बनाउन सफल भए।
बलिङतर्फ बझाङका लागि गोविन्द बिष्टले ५ ओभरमा ३७ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा सञ्जय बोहराले ५ ओभरमा ३२ रन खर्चंदै १ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्। दोश्रो चरणको पहिलो खेल बैतडीले ७ विकेटले जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच बैतडीका खडक बोहरा घोषित हुन सफल भएका छन्।
आजै भएको दोश्रो खेल कैलाली र दार्चुलाबीच भएकोमा कैलालीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।कैलालीले निर्धारित ५० ओभरको खेलमा २९.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १६१ रन बनाउन सक्यो।ब्याटिङतर्फ कैलालीका लागि दिपेन्द्र थापाले ५० बलमा सर्वाधिक ४२ रन बनाउदा बसन्तसिंह कार्कीले ४३ बलमा ३९ रन तथा नरेन साउँदले १८ बलमा अविजित १६ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न भने सकेनन्।बलिङतर्फ दार्चुलाका लागि राज वम ६ ओभरमा १ मेडेनसहित ३४ रन,विपिन धामी ५ ओभरमा १ मेडेनसहित २१ रन,करन डडाल ५.१ ओभरमा २८ रन,जनक बडाल ४ ओभरमा २८ रन तथा विरेन्द्र वमले ४ ओभरमा २० रन खर्चँदा समान २/२ विकेट लिन सफल भए।

१६२ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको दार्चुलाले निर्धारित ५० ओभरको खेलमा १९.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र ४४ रन जोड्न सक्यो।ब्याटिङतर्फ दार्चुलाका कुनैपनि खेलाडीले दोहोरो अंक भने जोड्न भने असफल भए। बलिङतर्फ कैलालीका लागि कप्तान शेर मल्लले ५ ओभरमा १ मेडेनसहित ९ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा नारायण जोशी ६ ओभरमा १ मेडेनसहित १४ रन,विनोद लामा ४ ओभरमा २ मेडेनसहित ०७ रन तथा विवेक केसीले ३ ओभरमा १ मेडेनसहित १२ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टिमको लागि प्रतियोगिताको पहिलो जित दिलाउन सफल भए।
कैलालीले ११७ रनको विशाल अन्तरले दार्चुला लाई हराउदै आफ्नो पहिलो जित दर्ता गर्न सफल भएको छ। उक्त खेलको म्यान अफ दी म्याच कैलालीका दिपेन्द्र थापा घोषित हुन सफल भएका छन्। प्रतियोगिताको पाँचौँ दिन अर्थात दोश्रो चरणको दोश्रो दिनको खेलमा कैलाली र बझाङ तथा दार्चुला र बैतडीबीच प्रतिस्पर्धा हुनेछ।

