कञ्चनपुरमा मुख्यमन्त्री एकिकृत बस्ती शिलान्यास

बषौँ सरकार चलाएर विकास दिन नसक्ने मानिसहरु सडकमा उत्रिदै :- मुख्यमन्त्री भट्ट

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले बषौँ सरकार चलाएका मानिस अहिले भ्रष्टाचार भएको भन्दै सडकमा उत्रिएरहेको टिप्पणी गरेका छन ।
मंगलबार बेदकोट नगरपालिका ५ धरमपुरमा मुख्यमन्त्री एकिकृत बस्ती शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले विगतमा सरकार चलाएर भ्रष्टाचार गर्दै जेलसम्म पुगेका मान्छेहरु अहिले केही मुद्दा नपाएर सडकमा नाराबाजीमा उत्रिरहेको टिप्पणी गरेका हुन् ।
उनले आफुले बषौँ विकास गर्न नसक्दा अहिले कम्यूनिष्ट नेतृत्वको सरकारको जनप्रिय काम देखेर अत्तालिएर सरकारको बिरोधका लागि सडकमा फगत नाराबाजी गरिरहेको बताए । ‘बषौँ सरकार चलाएका पार्टी अहिले सडकमा आउँदैछन, ‘मुख्यमन्त्री भट्टले भने, ‘जनताले आफैले मुल्याङ्गकन गर्ने हो, ३० बर्षमा नभएका कारण तीन बर्षमै के के गर्न सकिन्छ ?’
डोटीको एक गाँउको उदाहरण दिदै मुख्यमन्त्री भट्टले ३५ बर्ष अघिको सरकार चलाएका मान्छेहरुले अस्पताल बनाउँछु भनेर लिएको जमिन अहिलेसम्म निर्माण नगरेर अलपत्र छाडेको अवस्थामा कम्यूनिष्ट नेतृत्वको अस्पताल बनाएर देखेर चिढिएको बताए । ‘जसले भ्रष्टाचार गरेर उनका मान्छे जेलसम्म पुगेका छन, ‘उनै व्यक्ति पार्टीहरु अहिले सरकारले भ्रष्टाचार गरेको भन्दै सडकमा कराईरहेका छन ।’ जनतामा भ्रम छर्ने काम भईरहेको बताउँदै मुख्यमन्त्री भट्टले भ्रमको पछि नपर्न समेत आग्रह गरे ।
राजनीतिक परिर्वतन, संघीयता र नेकपाकै सरकारले विगतका दिनमा नभएको विकास गरिरहेको बताउदै मुख्यमन्त्री भट्टले हिजोका दिनमा १० हजारको योजना अहिले १०औँ लाखका योजना गाँउ गाँउमा संचालित भईरहेको बताए ।
संघीयताकै कारण गाँउ गाँउमा विकासका आयाम थपिरहेको बताउदै उनले जनताको अपेक्षा धेरै भएपनि सीमित स्रोत साधनका कारण अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार गर्नुभयो ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले एकिकृत विकास र संविधानमा भए अनुरुप जनताका लागि काम गरिरहेको समेत बताए । सुदूरपश्चिमका कोरोना रोकथामका लागि ल्याब थप गरिरहेको बताए । ‘कुनैबेला हाम्रो प्रदेशमा एकपनि कोरोना परीक्षणका लागि ल्याब थिएन,आज ६ पुगेका छन, ‘मुख्यमन्त्री भट्टले भने, ‘प्रदेशका सबै जिल्ला अस्पतालमा अक्सिजन, ल्याब जडान गछौँ ।’ गाँउ गाँउमा सडक, भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पुर्वाधार निर्माण भईरहेको बताउदै उनले विगत भन्दा विकासले तिव्रता पाएको बताए ।
प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै मुख्यमन्त्री भट्टले प्रदेशका ८८पालिकामा थुप्रै योजना अघि बढिरहेको बताए । संविधानमा उल्लेख भएअनुरुप विपन्न नागरिकलाई घरआवासका लागि एकिकृत नमुना बस्तीको अवधारण ल्याएको उनले मुख्यमन्त्रीले बताए । चालु बर्षमा कञ्चनपुर र डोटीमा कार्यक्रम शुरु भएका छन ।

ताजा समाचार