महेन्द्रनगर,
प्रदेशस्तरीय क्रिकेत प्रतियोगिता अन्तरगत अछामले फाईनल प्रवेश गरेको छ । सुदुरपश्चिम प्रादेशिक क्रीकेट विकास समितिको आयोजना तथा कञ्चनपुर जिल्ला क्रीकेट संघको व्यवस्थापनमा यहि मङ्सिर २७ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय सिनियर एकदिवसीय क्रीकेट प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा डडेल्धुरालाई दुई विकेटले पाखा लगाउदै अछाम रनरेटको आधारमा अछाम प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
सोमबार विहान भएको रोमाञ्चक खेलमा एक सय ६९ रनको लक्ष्य पछ्याएको अछामले निर्धारीत ५० ओभरको खेलमा २८ दशमलव ५ ओभर खेल्दै ८ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको थियो ।
बलिङतर्फ अछामका लागि कप्तान अनिल कुँवरले ७ दशमलव ४ ओभरमा २९ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा दिपक टमाटाले ६ ओभरमा ४३ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल भए । ब्याटिङतर्फ अछामका लागि सुरज तिरुवाले ६२ बलमा अविजित ६० रन बनाउदै प्रतियोगितामा दोश्रो अर्धशतक प्रहार गरेका छन्। त्यस्तै,सञ्जु दमाई ३५ बलमा ३७ रन,अर्जुन साउँद १७ बलमा २३ रन,दिपक टमाटा १८ बलमा १२ रन तथा कप्तान अनिल कुँवर ७ बलमा १० रन बनाउन सफल भएका छन्। डडेल्धुराले निर्धारित ५० ओभरको खेलमा ३१.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १६८ रन बनाउनसक्यो।

ब्याटिङतर्फ डडेल्धुराका लागि अरुण ऐरीले ४९ बलमा सर्वाधिक ४८ रन बनाउदा सुरेन्द्र पन्तले ६५ बलमा अविजित ४१ रन तथा प्रकाश शाहले ३१ बलमा २८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् बलिङतर्फ डडेल्धुराका लागि कप्तान सन्तोष भट्टले १० ओभरमा ५८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा अर्का बलर कैलाश ऐरले पनि ५ ओभरमा ३३ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्। सो खेलको म्यान अफ दी म्याच अछामका सुरज तिरुवा भएका छन्।
सोमबारै भएको दोश्रो खेल आयोजक कञ्चनपुर र डोटीबीच भएको खेलमा कञ्चनपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको र निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा २८३ रनको उच्च स्कोर बनाउन सफल भएको छ। ब्याटिङतर्फ कञ्चनपुरका लागि अनिलकुमार थापाले ७८ बलमा सर्वाधिक ७१ रन बनाउदै प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका छन्।त्यस्तै,किरनकुमार ठगुन्नाले ६३ बल र हेमन्त धामीले ३५ बल खेल्दै समान ५४÷५४ रन बनाउन सफल भए भने सुशील खड्का ३८ बलमा २९ रन,अनुज अधिकारी ४१ बलमा १९ रन तथा मिलन बोहरा १५ बलमा १३ टिमका लागि रन बनाउन सफल भएका छन्। बलिङतर्फ डोटीका लागि भोजराज भट्टले ९.१ ओभरमा १ मेडेनसहित ४८ रन खर्चंदै प्रतियोगिताकै पहिलो ५ विकेट लिन सफल हुँदा क्रीश ऐरले १० ओभरमा १ मेडेनसहित ४२ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

२ सय ८४ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डोटीले निर्धारित ५० ओभरको खेलमा ३६.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १ सय ६७ रन बनाउन सफल हुँदै खेल १ सय १६ रनको विशाल अन्तरले पराजित हुनपुग्यो । ब्याटिङतर्फ डोटीका लागि आयुव चन्दले १ सय ११ बलमा सर्वाधिक ८९ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा सविन महराले २१ बलमा १३ रन तथा भोजराज भट्टले २० बलमा १२ रन बनाउन सफल भएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ कञ्चनपुरका लागि आकाश चन्दले ९.२ ओभरमा ४३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा विकास आग्रीले ९ ओभरमा १ मेडेनसहित ३८ रन तथा हेमन्त धामीले ६ ओभरमा १ मेडेनसहित १८ रन खर्चंदै समान २र२ विकेट लिन सफल भएपछि आफ्नो टोलिलाइ जित दिलाउन सकेपनि प्रतियोगिताको फाइनल पुर्याउन भने सकेनन् । उक्त खेलको म्यान अफ दी म्याच कञ्चनपुरका अनिलकुमार थापा भए । प्रतियोगिताको चौथो दिन हुने दोश्रो चरणको पहिलो खेल कैलाली र दार्चुला तथा दोश्रो खेल वैतडी र बझाङबीच प्रतिस्पर्धा हुनेछ।
