सुदूरपश्चिम प्रदेश स्तरीय क्रीकेट प्रतियोगितामा डडेल्धुरा र अछामको विजय सुरुवात


कञ्चनपुर,
कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आज सनिवार देखी सुरु भएको सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष सिनियर एकदिवसीय क्रीकेट प्रतियोगिताको पहिलो दिनका खेलमा डडेल्धुरा र अछामले विजय सुरुवात गरेका छन् ।
आज भएको पहिलो दिनको पहिलो खेल डडेल्धुरा र कञ्चनपुर बिच भएको उक्त खेलमा डडेल्धुराले टस जित्दै पहिला कञ्चनपुरलाई ब्याटिङको निम्तो दिदै कञ्चनपुरले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षति १५६ रन बनाउन सफल भयो। ब्याटिङतर्फ कञ्चनपुरका लागि अनिलकूमार थापाले ७८ बल खेल्दै सर्वाधिक ४२ रन बनाउदा किरनकुमार ठगुन्नाले ५२ बलमा ३० रन,हेमन्त धामीले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २५ रन तथा मिलन बोहराले १८ बलमा २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो जोड्न सकेनन्।बलिङतर्फ डडेल्धुराका लागि रोशन भाटले ८ ओभरमा १ मेडेनसहित १९ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा कप्तान सन्तोष भट्टले ८ ओभरमा २२ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।१५७ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा २२.३ ओभर खेल्दै ४ विकेटको क्षतिमा १५८ रन बनाउदै आफ्नो रोमाञ्चक ६ विकेटले जित निकाल्दै विजय सुरुवात गरेको छ।
जितको लागि डडेल्धुरा टिमका कप्तान सन्तोष भट्टले ३१ बलमा ५५ रन संगै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका छन् । रोशन साउँदले ३८ बलमा ३९ रन तथा राहुल भण्डारीले २४ बलमा २७ रनको महत्त्वपूर्ण पारी खेल्न सफल भएका छ्न्। कञ्चनपुरको बलिङ तर्फ आकाश चन्दले ८ ओभरमा ४४ रन,विकास आग्रीले ५ ओभरमा ३१ रन,मिलन बोहराले २ ओभरमा १७ रन तथा आदित्य महताले ५ ओभरमा ३२ रन खर्चंदै समान १/१ विकेट लिन सफल हुनुका साथै आफ्नो टिमलाई जित भने दिलाउन सकेनन् । प्रतियोगितामा डडेल्धुराले पहिलो बिजय सुरुवात ६ विकेटले गरेको छ। उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कप्तान सन्तोष भट्ट घोषित भए।
आजै भएको दोश्रो खेल अछाम र डोटीवीच भएको उक्त खेलमा अछामले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय संगै अछामले निर्धारित ४० ओभरको खेलमा ३५.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १८८ रन बनाउन सफल भएको थियो। ब्याटिङतर्फ अछामका लागि सुरुज तिरुवाले ४७ बलमा ५२ रन बनाउदै प्रतियोगिताको दोश्रो अर्धशतक बनाउन सफल भए। सञ्जु दमाईले ४१ बलमा २८ रन,कप्तान अनिल कुँवरले २० बलमा २७ रन,जनक धामीले ४५ बलमा २४ रन तथा दिपक टमटाले १० बलमा १३ रन बनाउन सफल भएका थिए। बलिङतर्फ डोटीका लागि सविन महराले ८ ओभरमा ३३ रन,आयुश खड्काले ६ ओभरमा ३६ रन खर्चंदै समान ३/३ विकेट लिन सफल भएका थिए। उक्त खेलमा आयुश द्वारियाले ६ ओभरमा ३५ रन खर्चँदा पुष्कर द्वारियाले ७.२ ओभरमा ३३ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।
१८९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डोटीले निर्धारित ४० ओभरको खेलमा २६.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति १२७ रन मात्र बनाउनसक्यो।
ब्याटिङतर्फ डोटीका लागि रिदम बलायरले ३२ बल खेल्दै सर्वाधिक ४२ रन बनाउदा वसन्त थापाले ३० बलमा २३ रन,क्रीश ऐरले २४ बलमा अविजित १३ रन तथा पुष्कर द्वारियाले १५ बलमा १२ रन बनाएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्। बलिङतर्फ अछामका लागि दिपक बिष्टले ३.१ ओभरमा १८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल भए भने अर्जुन साउँद,अनिल कुँवर र विक्रम थापाले समान २/२ विकेट लिएका हुन।
प्रतियोगिताको दोश्रो खेल अछामले ६१ रनले जित्न सफल भएको छ।खेलको म्यान अफ दी म्याच अछामका सुरज तिरुवा घोषित भएका छन्।भोलि हुने खेलमा कञ्चनपुर र अछाम तथा डडेल्धुरा र डोटी भिड्नेछन।

Loading Viewer...

ताजा समाचार

spot_img