दोधारा

आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । माहाकाली नगरपालिका वडा नं. ५ स्थित रहेको भानु बहुमुखी क्याम्पसको एक कक्षमा एक कार्यक्रमको बिच आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको हो । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीको प्रमुख आतिथ्यमा संचालन भएको वार्षिक साधारण सभाका सभापती आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका अध्यक्ष बेल बहादुर राना मगर रहेका थिए ।


सभामा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली र आस्था कृषी बहुउद्देयीय सहकारी संस्थाका अध्यक्ष बेल बहादुर राना मगरले सयुक्तरुपमा दिप प्रज्वलन गरी सभाको उद्घघाटन गरेका थिए । कार्यक्रममा असल बचतकर्ता, असल ऋणी, असल कर्मचारी, बिउ बिजनमा सहयोग गर्ने दाता लगाएत विभिन्न बिधामा सम्मान समेत गरिएको छ् । उनिहरुलाई सम्मान पत्र तथा कृषी औजार प्रदान गरिएको संस्थाका लेखापाल भुवन आले मगरले जानकारी दिएका छन् । आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बिगतका तुलनामा प्रगती गर्दै गएको र थप राम्रो बनाउनका लागी आफुले सक्ने प्रयास गर्दै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । सहकारीले विभिन्न चुनौती पार गर्दै यो अवस्था सम्म आई पुग्न निकै मेहनत गरिएको र सो कार्यमा सहयोग गर्ने सबै प्रति आभारी रहेको उनको भनाई रहेको छ् । सहकारी पहिले तुलनामा उल्लेख्यनिय विकासको मार्गमा रहेको बताउदै सम्पुर्ण सदस्यहरुलाई ढुक्क भएर सहकारीमा सेयर हाली बचत गरेर आत्मानिर्भर बन्न संस्थाका अध्यक्ष बेल बहादुर रानाले जोड दिएका छन् ।

साथै अध्यक्ष रानाले आयमुलक र उत्पादन मुलक बस्तुमा लगानी गरि आत्मानिर्भर बने मात्रै सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा सफल हुने बताएका छन् । यस्तै माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले संस्थाहरुले रोजगारमा आधारित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सहकारी संस्थाले किसान मैत्री व्यावसायिक पशुपालन सञ्चालन गरेकोमा प्रशंसा गर्दै थप किसानलाई आत्मानिर्भर बनाउन प्रोत्साहन गर्ने सहकारी संस्थाहरुलाई आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारी मार्फत जनताको आर्थिक समृद्ध हुनुको साथै क्षमता अभिवृद्धिमा टेवा पुग्ने हुदा आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले जनताहरुको आर्थिक अवस्था सुधार्न बिभिन्न संघ संस्थाहरु संग समन्वय गरि वडाहरुमा छरिएर रहेको कृषी समुह मार्फत सहयोग गर्दै आएकोमा माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई धन्यबाद दिएका छन् । संस्थाको आर्थिक प्रतिबेदन सहकारी संस्थाका प्रबन्ध निर्देशक सबिना थापाले पेश गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ को कुल कारोवार रु. ५ करोड ३४ लाख देखि बृद्धि गरि ६ करोड ५५ लाख सम्म पु¥याएको, दैनिक, मासिक, खुत्रुके, तथा मुद्धती बचतमा बृद्धि गरि रु. ४ करोड ४० लाख बचत गरि सदस्यहरुलाई आवश्यक परेको समयमा ४ करोड ४८ लाख बचत फिर्ता गरि सेवा दिएको, शेयर पुँजी २८ लाख ९९ हजार देखि बृद्धि गरि ३५ लाख १७ हजार ८ सम्म पु¥याएको, रेमिटान्स, मोवाईल रिचार्ज तथा डिस होम रिचार्जको कारोवार गरि रु. ५६ लाख ५० हजार ५ सय ११ रुपिँयाको कारोवार गरि सेवा प्रवाह गरेको, शुद्ध नाफा रु. १० लाख ५० हजार प्रतिबेदनमा उल्लेख गरिएको छ् । स्वागत मन्तव्य गोपाल सिंह घिमिरेले गरेका थिए भने, कार्यक्रम संचालन नाफु सिंह साँउद र भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्दले गरेका थिए । कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी र संस्थाका पुर्व अध्यक्ष गोपाल सिहं घिमिरे बिशिष्ठ अतिथी रहेका थिए भने, अतिथीमा नाफु सिंह साँउद, धन बहादुर शाही, नैन बहादुर खड्का लगाएत रहेका थिए ।






