महेन्द्रनगर खुला मञ्चमा भएको रामलिला घाटामा


कञ्चनपुर : गत कार्तिकमा कञ्चनपुरको महेन्द्रनगरमा भएको रामलिला महोत्सव घाटामा गएको छ । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले आयोजना गरेको रामलिला महोत्सव घाटामा गएको हो । भगवान रामचन्द्रको जिवनमा आधारित महोत्सवमा आय भन्दा व्यय बढी भएको छ ।
६ लाख, १४ हजार ७ सय रुपैया आम्दानी भएको छ, भने ९ लाख, १६ हजार, ८ सय २ रुपैया खर्च भएको छ । ६देखि १९ कार्तिकसम्म महेन्द्रनगर खुला मञ्चमा भएको रामलिला घाटामा गएपछि क्षति बेहेर्नुपर्नेमा आयोजकलाई दवाव बढेको छ ।

आईतबार निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले आयव्यय सार्वजनिक गर्दै तीन लाख, दुई हजार सातसय ९५रुपैया घाटा भएको विवरण सार्वजनिक गरेको छ । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष निरन्जन प्रशाद भट्टले उक्त अवधिभर दर्शकदेखि विभिन्न सरकारी, गैर सरकारी, व्यवसायी क्षेत्रबाट उक्त सहयोग पाईएको बताए । ‘यो घाटा भएको रकम अब हामीले समितिको आन्तरिक स्रोतदेखि बेहोछौँ, ‘उनले भने, ‘हामीले नाफा कमाउनका लागि मात्रै होईन, समाजसेवाका लागि गरेका छौँ ।’ घाटाका बाबजुत पनि रामलिला समितिले समाजिक काम पनि गरेको छ ।

गत १०भदौँमा आएको भोटेकोशी वाढीबाट पीडित भएका नागरिकको राहतका लागि ५१ हजार र निङलाशैनी विकास समाजलाई ११ हजार रुपैया सहयोग गरिएको छ । सबै कलाकारहरुको ८६ हजार रुपैया पुरस्कार वितरण गरिएको उनले बताए । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका सरक्षक घनानन्द लेखकले समाजका लागि गरिएको कार्यक्रममा घाटा नाफा भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्नेमा जोडदिए । उनले प्रदेश सरकारले विनियोजन गरेको १५लाख मध्ये केही समाग्री खरिद गरिने दिने बताए । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका सचिव एव प्रमुख ब्याख्यानकर्ता पदमराज भट्टले समाजका लागि रामलिला गरिएको बताए । कार्यक्रममा कलाकारहरुलाई प्रसंसा पत्र सहित सम्मान गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img