क्षतीग्रस्त ‘दोधारा चाँदनी झोलुङ्गे पुल’ अझै अलपत्रै, मर्मत नहुदा स्थानियमा अक्रोस


कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले चुडाएको कञ्चनपुरको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल दुई महिना बितिसक्दा पनि पुन : निर्माणको काम सुरुनै भएपछि स्थानीय आक्रोशित भएका छन् । उनिहरुले मंसिर भित्र निर्माणको ठोस प्रक्रिया अघि नबढे महाकालीको चार लेनको पक्की पुलसमेत बन्द गरिदिने चेतावनी दिएका हुन् । गत असोज १४ मा महाकाली नदीको तीव्र बहावले झोलुङ्गे पुलको पश्चिम तर्फको तेस्रो पिलर बगाएपछि एक हजार ४ सय ५२ मिटर लामो पुल चुाडिएको थियो । पुलको चुडिएको भाग अहिले पनि नदीतर्फ लत्रिएको अवस्थामा छ् । त्यसयता पैदल यात्रु तथा दुई पाङग्रे सवारी साधनका लागि पुलबाट हुने आवागमन पूर्ण रुपमा बन्द छ् ।

यसको प्रत्यक्ष असर दोधारा चाँदनीका बासिन्दाको दैनिक जीवनमा परेको छ् । पुल भत्किएपछि स्थानीयले दैनिक उपभोग्य सामग्री तथा कृषि उत्पादन महेन्द्रनगर बजारसम्म पुर्‍याउन निकै कठिनाइ भोगिरहेका छन् । विद्यार्थीको आवागमन समेत असहज बनेको छ भने पर्यटकीय क्षेत्र दोधारा चाँदनीमा पर्यटकको चहलपहल घट्दा स्थानीय व्यवसायी मारमा परेका छन् । ‘हाम्रो यो झोलुङ्गे पुल भत्किए देखि दोधारा चाँदनीका बासिन्दाले धेरै दु:ख भोग्नुपरेको छ ।

यहाँका स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री महेन्द्रनगर बजार सम्म पुर्‍याउन निकै कठिनाइ भइरहेको छ,’ दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले भने– ‘विद्यार्थीलाई अध्ययनका लागि महेन्द्रनगर आउजाउ गर्न पनि समस्या भएको छ । पर्यटकको आवागमन समेत ठप्प जस्तै छ ।’ पुल पुन : निर्माणको माँग गर्दै वडा सदस्य सिंहले सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img