कञ्चनपुर : कञ्चनपुरमा लैङ्गिक हिन्सा बिरुद्धको अभियान शुरु भएको छ । जिल्लाका सबै पालिकाहरुमा लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियान शुरु भएको हो । बुधबारदेखि जिल्लाका ९वटै पालिकाहरुमा अभियान शुरु गरिएको जनाएका छन । जिल्ला सदरमुकाम समेत रहेका भीमदत्त नगरपालिका सहित बेलडाँडी, लालझाडी गाँउपालिका, बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधाराचाँदनी नगरमा अभियान शुरु गरिएको छ । भीमदत्त नगरमा अभियानको उद्घाटन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले लैङ्गिक विभेद, असमानता, हिन्सा न्यूनिकरणका लागि घरबाटै शिक्षा दिनुपर्नेमा जोडदिए ।

उनले समाजका सबै सरोकारवाला मिलेर मात्रै हिन्सा न्यूनिकरण हुने बताए । उनले अब लैङ्गिक हिन्सा न्यूनिकरणका लागि १६ दिनबाट तल झार्दै सुन्यतामा पु¥याउन सुझाव दिएका छन । भीमदत्त नगरकी समाजिक विकास अधिकृत अवस्थीले १६ दिनको अवधिमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै हिन्सामुक्त समाज निर्माणमा जोडदिईन् । भीमदत्त नगरका समाजिक विकास समितिका सभापति सुशिल भट्टले लैङ्गिक हिन्सा न्यूनिकरण उन्मुलनका लागि अधिकारका साथसाथै कर्तव्य समेत निर्माणमा जोडदिएका छन ।

जिल्लाका महिला अधिकारकर्मीदेखिका सरोकारवालाहरुले अब औपचारिक कार्यक्रम, अभियान मात्रै होईन व्यक्ति, घर, समुदायबाटै चेतनाको दियो बाल्दै हिन्सामुक्त समाज निर्माणमा जोडदिएका छन । लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियानको उद्घाटनकै दिन कञ्चनपुरमा एक किशोरी छात्रा वेपत्ता भएकी छिन । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत छात्रा वेपत्ता भएकी हुन । बैतडी पाटन ठेगाना भएकी बिबिएस तेस्रो बर्षमा अध्ययनरत कमला पाण्डेय महाकाली चारलेन पुल क्षेत्रबाट वेपत्ता भएकी छिन ।

चारलेन पुलमै पाण्डेयको झोला, पर्स किताब, परिचयपत्र, चप्पल भेटिएपछि उनी वेपत्ता भएको पुष्टी भएको जनाएको छ । चप्पल सहित पुलमै भेटिएपछि कतै महाकाली नदीमा हाम फालेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले किशोरी छात्राको सरसमान भेटिएपछि खोजि कार्य भईरहेको बताए ।
प्रवक्ता रावतले अहिले नै नदीमा हाफ फालेको वा सर समान छाडेर कतै गएको बारे एकिन गर्न नसकिने भएकाले पत्ता लगाउन टोली परिचालन गरिएको बताए । कञ्चनपुरका युवा समाजिक अभियन्ता अमिर तिरुवाले उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी यसरी वेपत्ता हुने कार्य दुखत भएको बताए । छोरी वेपत्ता भएपछि घर परिवारदेखि साथीभाई चिन्तित भएका छन ।










