कञ्चनपुर : कञ्चनपुरका पत्रकारहरुले सामुहिक पत्रकारलाई गिरफ्तार गर भन्दै बिरोध प्रर्दशन गरेका छन । प्रेस नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय परिसरमा सामुहिक पत्रकारलाई गिरफ्तार गर भन्दै बिरोध प्रर्दशन गरेका हुन । नेपाल पत्रकार पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले महासंघको केन्द्रीय कार्यक्तम अनुरुप जिल्लामा पनि बुधबार दिउँसो बिरोध प्रर्दशन गरेको बताए ।

अध्यक्ष धामीले नेपाल प्रेम तथा अभिव्यक्ति स्वतन्ताको सरक्षणका साथै यस अघि महासंघले अघि सारेका माग सम्बोधन गर्न प्रशासन मार्फत दवाव दिएको बताए । अध्यक्ष धामीले संविधानको मुल मर्म भावना अनुरुप प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि राज्य गम्भिर हुनुपर्नेमा जोडदिएका छन । बिरोध प्रर्दशन कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, सदस्यदेखिका विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

समाचार लेखेकै विषयमा काठमाण्डौँमा विभिन्न संचार माध्यमकै समाचार कक्षमा गएर पत्रकार पक्राउदेखि धरकपट गरेपछि त्यसको स्वदेश मात्रै होईन अन्र्तराष्ट्रिय समुदायमा समेत बिरोध भएको थियो । नेपाल पत्रकार महासंघले कञ्चनपुर सहितका देशैभरीका जिल्लाहरुमा बिरोध प्रर्दशन गरेको छ ।











