लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत महाकाली पक्की पुलमा सचेतनामुलक कार्यक्रम


कञ्चनपुर । माईती नेपाल कञ्चनपुरले लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान अन्र्तगत महाकाली ४ लेनको पक्की पुलमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । महाकाली नदीमा रहेको ४ लेनको पक्की पुलमा ‘लैगिंक हिंसा अन्त्यको लागी एक्कबद्धता : पिडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको शुनिश्तता’ नारा सहित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । माईती नेपाल कञ्चनपुरको आयोजना र नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी तथा बिभिन्न संघ–संस्थाको समन्वयमा दोधारा चाँदनी नगरपालिका– १ नेपाल–भारत सिमा नजिक रहेको महाकाली ४ लेनको पक्की पुल क्षेत्रमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कार्यक्रममा माईती नेपालका टोली, प्रहरी अधिकृत तथा जवानहरु, स्थानिय नागरिक, शिक्षक, बिद्यार्थी, बिभिन्न सामाजिक क्षेत्रमा आबद्ध पदाधिकारीहरु लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आवतजावत गर्नेहरुलाई लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउदै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सचेतना गराईएको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो । नेपालमा लैङ्गिक हिंसाका कारण र मानब बेचबिखनको अवस्था र पीडितको उद्दार र पुनस्थापनामा माईती नेपालको भुमिका बारे उहाँले बताउनुभयो । महिला र पुरुष बिचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आ–आफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने धारणा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभएको छ् ।

हिंसा अन्त्य गर्न तथा आजबाट सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न सवैमा उहाँले आग्रह गर्नुभएको छ् । नागरिकलाई लैङ्गिक हिंसा, सो सम्बन्धी कानुनी व्यबस्था तथा उजुरी गर्ने निकायहरु सम्बन्धी जानकारी हासिल भई त्यस्ता हिंसा समयमानै रोकथाम गर्ने साथै आवाज उठाउने सक्रिय विधि थाहा पाएको भन्दै सचेतनामुलक कार्यक्रममा सहभागीहरुले खुशी ब्यक्त गरेका छन् ।

माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा बिगत लामो समय गर्दै आएको कार्य प्रति कार्यक्रममा सहभागीहरुले खुलेरै प्रशंसा गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img