विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्छ ः मुख्यमन्त्री भट्ट


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विकास निर्माण योजना वातावरणमैत्री बनाउनुपर्ने बताएका छन । मंगलबार बेदकोट नगरमा छैटौँ कञ्चनपुर सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री खगराज भट्टले कुनैपनि विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्ने बताएका हुन ।
मुख्यमन्त्री भट्टले प्राकृतिक विपद्बाट बाँच्नका लागि तीनै सरकारले अब विपद् प्रतिरोधी बनाउँदै विकास साझेदार संस्थाहरुदेखि नागरिक समुदायविच त्रिकोणात्मक सहकार्य अपरिहार्य रहेको औल्याए ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकार पनि विपद् व्यवस्थापन जलवायु अनुकुलन र दीगो विकासका लक्ष्यहरु हासिक गर्न स्थानीय तहसंग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताए । ‘प्रदेश सरकारको नीति कार्यक्रम बजेट, प्राविधिक सहयोग मार्फत स्थानीय सरकारको क्षमता अभिबृद्धि गर्छ, ‘उनले भने, ‘विपद जोखिम न्यूनिकरणका योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न सधै साथ दिन्छ ।’ मुख्यमन्त्री भट्टले विगतका सिकाईको समिक्षा गर्दै आगामी दिनका लागि ठोस कार्य योजना ल्याउन समेत पालिकाहरुको ध्यानाकर्षण गराएका छन ।

घरबाटै उत्थानशीलताको यो अभियानलाई कञ्चनपुरका हरेक गाँउबस्ती, टोल घरसम्मै पु¥याउन समेत भूमिका निर्वाहमा उनले जोडदिएका छन । मुख्यमन्त्री भट्टले कञ्चनपुर पनि विपद्को उच्च जोखिममा रहेकाले विपद् प्रतिकार्यका लागि सरकारदेखिका साझेदार संस्थाहरुको संयुक्त पहल प्रयासबाट मात्रै सम्भव रहेको बताए । विपद्पछि राहत, उद्दारका कार्यक्रम अवागै पुर्व सूचना प्रणालीलाई विकास गर्दै विपद्बाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरणका लागि प्रदेश सरकारदेखिका तीनै सरकारले भूमिका निर्वाह गर्दै आएको बताए ।

सुरक्षित तथा दीगो विकासका लागि उत्थानशिल पालिका मञ्चको अध्यक्षता ग्रहण गरेका बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले पनि विगत ५औँ सम्मेलनबाट सिकाईका उपलब्धी ६औँबाट लागु आगामी दिनमा समेत थप स्तरिय बनाउने प्रतिबद्धता जाहेर गरेका छन । एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसंग सहकार्य, समन्वय गरेर विपद् व्यवस्थापनदेखि विपद्बाट मानवियदेखि भौतिक धनजन सरक्षण गर्न सफल भएको दावि गर्दैै विपद् व्यवस्थापनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए । भीमदत्त नगरपालिकाबाट शुरु गरिएको सम्मेलन बेदकोट नगरपालिकासम्म आईपुगेको छ । हरेक बर्ष कञ्चनपुरका पालिका फेर्दै हुने सम्मेलन भाषणको थलो नभई विगतका ६ कार्यक्रमबाट सिकाई उपलब्धीलाई फिल्डमा देखिनुपर्नेमा नागरिक सहितका सरोकारवाला स्तरबाट सुझाव आईरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img