दोधारा । दोधारा चाँदनी नगरपालिकाको दुई वटा नदीमा वेब क्यामरा जडान गरिएको छ् । नदीमा पानीको अवस्थालाई प्रत्यक्ष रुपमा निगरानी गर्ने उद्देश्यले महाकाली र जोगबुडा नदीमा वेब क्यामरा जडान गरिएको हो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गत जलविज्ञान कार्यालय अत्तरियाको प्राविधिक तथा दोधारा चाँदनी नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा वेब क्यामरा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको छ् । यस अघि, दुवै नदीमा जल विज्ञान कार्यालय अत्तरियाले राडार लेभल सेन्सर जडान गरी नदीको जलसतह नियमित रुपमा अनुगमन गर्दै आएको थियो ।

अब वेब क्यामरा जडान पछि बाढीको अवस्थालाई थप प्रभावकारी रुपमा निगरानी गर्न तथा नदीको वास्तविक अवस्था प्रत्यक्ष रुपमा हेर्न सकिने जनाइएको छ् । यस प्रणालीको स्थापनाले बाढी अनुगमन तथा विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने जलविज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले बताए । भोटेकोशी र कालीगण्डकी नदीमा देखिने प्रकृतिका आकस्मिक बाढीका घटनाहरुको जोखिमलाई मध्यनजर गर्दै महकालीमा प्रत्यक्ष निगरानी प्रणाली स्थापना गरिएको उनको भनाइ छ् ।

त्यस्तै, दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बुले यस प्रणालीको स्थापनाले बाढी तथा डुबानको उच्च जोखिममा रहेका बासिन्दालाई समयमै पूर्व सूचना दिन सहज हुने बताए । प्राप्त सूचनाका आधारमा स्थानीय समुदायले पूर्व तयारीका साथै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग पुग्ने उनको भनाइ छ् ।











