कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १३बडैपुरमा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका अध्यक्ष महेश भट्टले एलडिएससीको अर्थिक सहयोग तथा च्याईस, पेशवान नेपाल र भीमदत्त नगरपालिकाको संयुक्त सहयोग साझेदारीमा भवन निर्माण हुने बताए ।

एलडिएससीको एक करोड १०लाख र भीमदत्त नगरपालिकाको १०लाख आर्थिक सहयोगमा भवन निर्माण हुनेछ । भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले भवनको शिलान्यास गर्दै भवन निर्माण कार्य शिघ्र अघि बढाउन सुझाव दिएकी छिन । भीनपा १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले समयमै निर्माण कार्य सक्नुपर्नेमा जोडदिए । विद्यालयका प्रद्यानाध्यापक जनक बहादुर चन्दले भवन निर्माणसंगै पठन पाठनमा टेवा पुग्ने बताए ।











