कञ्चनपुर : १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट चार खेलका ५३खेलाडी स्वत सहभागि हुन पाउने भएका छन । जिल्ला स्तरिय छनौट भएका चारै खेलका ५३ खेलाडी प्रदेशमा प्रतिस्पर्धा नगरीकनै सिधै राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने भएका हुन । कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले साईकिलिङ्ग, पौडी,शारिरिक सुगठन र हकी तर्फका खेलाडी प्रदेशबाट समेत सिधै छनौट भएको बताए । उनका अनुसार साईकिलिङ्गतर्फ चार, पौडी तर्फ पाँच, शारिरिक सुसंगठन तर्फ ८ र हकी तर्फ महिला पुरुष गरेर ३६ खेलाडीले सिधै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन ।

अन्य जिल्लाबाट चारै प्रतियोगितामा प्रतिस्पर्धी नभएपछि कञ्चनपुरबाट सिधै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएका हुन । उनका अनुसार अन्य खेलकुद विद्या तर्फ समेत क्रमिक रुपमा छनौट जारी रहेको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले १६मंसिरदेखि कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनौट गरिएको बताए । ‘हामीले जिल्लाबाट २३वटै खेलविद्याका प्रतियोगिता खेलाडी छनौट गरेर प्रदेशमा पठाएका थियौँ, ‘उनले भने, ‘चार खेलमा स्वत र अन्य १९खेलविद्यातर्फ प्रदेशबाट समेत थुप्रै खेलाडी छनौट भएका छन ।’

अध्यक्ष सिहले जिल्ला र प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रभावकारी स्थान ल्याउने अपेक्षा गरेका छन । ‘हामीसंग जिल्ला, प्रदेशमा उपलब्ध स्रोत साधन उपभोग गर्दै खेलाडी छनौटदेखि राष्ट्रिय स्तरमै प्रतिस्पर्धाका लागि तयारी अघि बढाएका छौँ, ‘अध्यक्ष सिहले भने, ‘केबल खेलाडी, समिति वा राज्यको एकल प्रयासले मात्रै हुँदै खेलाडीविचको सामुहिकदेखिका सबै सरोकारवालाको प्रयासबाट प्रतियोगिताको उपाधी चुम्न सकिन्छ ।’ गत विगतका राष्ट्रिय प्रतियोगितामा कञ्चनपुर सहित सुप प्रदेशका खेलाडीको अब्बल सहभागितादेखि प्रतिस्पर्धा मेडल ल्याएका छन ।











