कञ्चनपुर : महाकाली सिँचाई व्यवस्गापन कार्यालयका कर्मचारीको आन्दोलन जारी राखेका छन । मंगलबारदेखि शुरु गरिएको ज्यालादारीका कर्मचारीले दोस्रो दिनपनि जारी राखेका छन । कार्यालयले १मसिरदेखि काममा नआउन क्षेत्रीय समिति, ब्लक मार्फत परिपत्र गरेपछि कर्मचारी आन्दोलित भएका छन । जिल्लाभरीका ५८ ज्यालादारी कर्मचारीहरुले कार्यालयको मुल गेटमै तालाबन्दी गरेर पुर्नबहालीको माग अघि सारेर आन्दोलनमा होमिएका छन । रामनाथ यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन । कार्यालयले अपमानजनक ढङगबाट फिल्डमा अहोरात्र खटिने कर्मचारीहरुलाई निकालेर रोजीरोटी खोसिदिएको भन्दै अमानविय कदम बिरुद्ध सिधै कार्यालय पुगेर तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए ।

२४सै घण्टा किसान जनताका लागि भन्दै नरमै खटिने कर्मचारीमाथि कार्यालयले पुरस्कृत गर्नुको साटो अमानविय, अपमानजनक ढङगबाट निकाला गरिदिएपछि सिधै तालाबन्दी गर्न बाध्य भएका बताएका छन । महाकाली सिँचाई ज्यालादारीका कर्मचारी मदनराज भट्टले माग पुरा नहुँदासम्म आन्दोलन जारी राखिएको बताए । कार्यालयले यही मंसिर १ गतेदेखि हाजिरी नगर्दा उद्र्दी जारी गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा आएको बताए । उनले यस बारेमा बुझन कार्यालयमा आएको र उपलब्ध कर्मचारीहरुले उक्त समस्या आफुहरुबाट समाधान नहुने जे गछौँ भनेपछि तालाबन्दीमा उत्रिन बाध्य भएको बताए ।

‘कार्यालयले हामीहरुलाई हाजिर नगर्न हटाएको पत्र कुनैपनि कर्मचारीहरुलाई दिईएको छैन, ‘उनले भने, ‘कार्यालयबाट क्षेत्रीय समिति हुँदै ब्लकमा पुगेको छ ।’ महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका अध्यक्ष गंगादत्त भट्टले बषौँदेखि कार्यरत कर्मचारीहरुलाई हटाउन नहुने बताउँदै आएका थिए । महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख बिरेन्द्र कुमार यादवले ज्यालादारी कर्मचारीका विषयमा छलफल हुन लागेको बताउँदै आएका छन ।











