दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ऐलानी जग्गा नापजाँचमा उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीबाट मंगलवार ऐलानी जग्गा नापजाँच देखि सुरु हुने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ऐलानी जग्गा नापजाँचको समउद्धघाटन गरिएको हो । बर्षौ देखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नापजाँचको काम भोलीबाट सुरु हुने कार्यक्रम तय गरिएको मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।

एथासक्य तिव्र रुपमा जमिनको नापजाँच अघि बढाउने बताउदै नापजाँच लगत्तै लालपुर्जा वितरण कार्यक्रम रहने उहाँले बताउनुभएको छ् । २०२२ साल देखि बसोबास गर्दै आएका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको सबै बस्तीका जग्गालाई लालपुर्जा वितरण गर्ने पहिलो प्राथमिकता रहेको उहाँको भनाई रहेको छ् ।

जग्गा नापजाँचमा उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र जोशी लगाएत स्थानियबासी, प्राबिधिक टोली र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।











