सुदूरपश्चिममा पहिलो पटक आगामी मंसिर पहिलो साता ह्याकाथन प्रतियोगिता हुदै


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ईनेक्स एक्सचेन्ज ‘ह्याकाथन’ प्रतियोगिता हुने भएको छ । सुप विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ्ग विभाग ‘नवप्रर्बद्धक कम्प्युटर ईन्जिनियर क्लब’को आयोजनामा पहिलो पटक ह्याकाथन प्रतियोगिता हुने भएको हो । कञ्चनपुर भीमदत्त नगरपालिका १८ सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस ईन्जिनियरिङ्ग विभागमै अगामी मसिर पहिलो साता ५ देखि ७गतेसम्म हुने उक्त ह्याकाथन प्रतियोगिताको तयारी तिव्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।

उक्त ४८ घण्टाको राष्ट्रिय स्तरको ह्याकाथन प्रतियोगिता ०८३ का संयोजक एव ईनोभेटिभ कम्प्युटर ईन्जिनियरिङ क्लब सुदूरपश्चिम विश्वविद्यालय(आईसिईसी एफयुका)का तत्त्कालिन अध्यक्ष भुपेन्द्र जोशीले विभिन्न ८ विद्यामा टिमविच प्रतिस्पर्धा गराईने बताए । उनका अनुसार स्वास्थ्यमा पहुँच, शिक्षा, वातावरण विपद उत्थानशिल, कृषि तथा प्रविधीयुक्त अर्थतन्त्र, साईबर सुरक्षा, कृतिम बौद्धिकता, वित्तिय प्रविधी समावेसिता र खुल्ला नवर्बद्धतक मौलिक सृजनशिलता शिर्षकविच प्रतिस्पर्धा गराईनेछ ।

प्रारम्भिक सहभागि टिमको शुल्क नलाग्ने र छनौट भएर प्रतिस्पर्धामा सहभागि भएमात्रै प्रति टिम शुल्क लाग्ने बताए । विज्ञबाट मुल्याङ्गकन गरेर छनौट भएमात्रै प्रतिस्पर्धा गराईनेछ ।
ईनोभेटिभ कम्प्युटर ईन्जिनियरिङ क्लब सुदूरपश्चिम विश्वविद्यालय(आईसिईसी एफयुका)का अध्यक्ष जेलिना भट्टले विद्यार्थीमा भएको विवित सीपकला, क्षमता, प्रस्तुत गर्दै उत्कृष्टलाई पुरस्कारका साथै उक्त प्रोजेक्ट पालिका सहितका सरकारलाई नीति निर्माणका लागि बुझाउने बताईन । उनले प्रथम पुरस्कार नगद ५० हजार,द्वितिय पुरस्कार नगद २५ हजार, तृतिय पुरस्कार नगद १५ हजार उत्कृष्ट क्षेत्रीय प्रोत्साहन ५ हजार, उत्कृष्ट प्रस्तुती ५ हजारका साथै उत्कृष्ट महिला टीमलाई १० हजार नगदका साथै प्रमाण पत्र वितरण गरिनेछ ।

ईनोभेटिभ कम्प्युटर ईन्जिनियरिङ क्लब सुदूरपश्चिम विश्वविद्यालय(आईसिईसी एफयुका)का सल्लाहकार दिलिप पन्तले वर्तमान समाजमा देखिएका समस्याको पहिचान, समाधानका लागि योजना लिने उक्त कठिनयुक्त प्रतिस्पर्धाले राज्यलाई नीति निर्माणमा टेवा पुग्ने बताए । उनले विश्वविद्यालय सहितका सरोकारवाला निकायको सहयोगमा उक्त कार्यक्रम सचालन गरिने बताए । सुप विश्वविद्यालय स्कुल अफ ईन्जिनियरका प्रमुख हरि प्रशाद जोशीले विद्यार्थी आफैले आँटेको उक्त कार्यक्रम सफल बनाउनका लागि स्कुल, विभाग, विश्वविद्यालय सहितका सरोकारवाला निकायको साथ सहयोग आवश्यक रहेको औल्याए ।

तीनदिनसम्म संचालन हुने उक्त कार्यक्रममा प्रतिस्पर्धा टिमको खाना तथा बसोबास आयोजकले गर्ने जनाएको छ । सुप प्रदेशमै पहिलो पटक सफटवेर निर्माणकर्ता प्रोग्राम डिजाईनर प्रविधी क्षेत्रका नवप्रवद्र्धक एक ठाँउमा जम्मा भएर निश्चित समाय भित्र कुनैपनि समस्याको प्रविधीमा आधारिक नविनतम समस्या समाधानका लागि सफ्वेयर एपको विकास गर्ने तिव्र प्रतिस्पर्धात्मक ह्याकाथनले प्रदेशका देखिएका समस्याको वास्तविक पहिचान गर्दै समाधानका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img