महेन्द्रनगर: आठौँ संस्करणको आईसिवाईसी वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ एक कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।

शनिबार लालझाडी गाउँपालिका–५, देखभुलीस्थित खेलमैदानमा आयोजित कार्यक्रममा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो।

लालझाडी गाउँपालिका वडा नं. ५ को मुख्य प्रवर्द्धन तथा आईसिवाईसी वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ सचिवालयको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितालाई कञ्चनपुर जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा बैबाहा युवा समाज, बेल्डाँडी गाउँपालिका–४ र सनराइज युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा ३-३ गोलको बराबरी भएपछि सटनदेथमा बैबाहा युवा समाजले जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको दोस्रो दिन तीन खेल हुने आयोजक जानकारी दिएको छ। प्रतियोगिताको उद्धाटन लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियो। कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले कार्यक्रम बोल्दै कञ्चनपुर जिल्ला फुटबल विकासका लागि अधिकतम प्रतियोगिता गर्ने देशभरीमै पहिलो जिल्ला रहेको दाबी गर्नुभएको छ।
उद्धाटन समारोहको सभापतित्वमा वडा नं.०५ का वडाध्यक्ष पहिलाद राना, प्रमुख अतिथिमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल लगायतको विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि खेलाडी खेलप्रेमीको उपस्थिति रहेको थियो।











