सुदूरपश्चिमको समुन्नत विकासका लागि लगानिको वतावरण बनाउन र अवस्यक सहयोग गर्न प्रदेश सरकार तयार छ  : मुख्यमन्त्री भट्ट


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण, वीरताका गाथा बोकेको र आफ्नै मौलिक संस्कृतिले सम्पन्न प्रदेश भएको बताउनुभएको छ। प्रदेशको समग्र विकास र समृद्धिका लागि सबैको सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उहाँले बताउनुभयो। सुदूरपश्चिमेली नेपाली समाजको चौथो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विश्वका विभिन्न देशमा रहेका सुदूरपश्चिमेलीलाई आफ्नो जन्मभूमिको विकासमा योगदान गर्न आग्रह गर्नुभयो।

उहाँले सुदूरपश्चिमको समुन्नत विकासका लागि विदेशमा रहेका नेपालीले आफ्नो क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। व्यक्तिगत जीवनमा के कति उपलब्धि हासिल हुन्छ भन्ने निश्चित नभए पनि आफ्नो माटो, देश र सुदुरपश्चिम प्रदेशका लागि केही योगदान गरेर जानुपर्ने उहाँको भनाइ थियो। मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

लगानी भित्र्याउन आवश्यक वातावरण बनाउनेदेखि लगानीकर्तालाई आवश्यक सहयोग र सहजीकरण गर्न प्रदेश सरकार सधैँ तयार रहेको उहाँले उल्लेख गर्नुभयो। सुदूरपश्चिमको विकास र समृद्धिका लागि विदेशमा रहेका सुदूरपश्चिमेलीको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिको उपयोग गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ रहेको  छ।


Loading Viewer...

ताजा समाचार

spot_img