कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयले आफ्ना वडाका खेलाडीलाई सम्मान गरेको छ । हालै भीमदत्त नगरपालिका ९ब्रम्हदेबमा सम्पन्न भएको स्व. बीर बहादुर चन्द स्मृति वडा स्तरिय क्रिकेट टि १० प्रतियोगिताका खेलाडीलाई सम्मान गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालयले विजेता वडाकै टिमलाई सम्मान गरेको छ । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास)ले खेलाडीको हौसला प्रदानका लागि सम्मान गरेको बताए ।

बाटिका एलुम्नाई क्बले आयोजना गरेको टी १० प्रतियोगितामा भीनपा १३को टिम च्यापियन भएको थियो । दोधाराचाँदनी ५वडालाई हराउँदै भीनपा १३ च्याम्पियन बनेको हो । उक्त टिमले नगद एक लाख, ५५ हजार ५सय ५५रुपैया नगद सहित ट्रफि, प्रमाण पत्र पाएको थियो । भीनपा १३को क्रिकेट सहितका टिम खेलकुदमा समेत अब्बल छन ।











