महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरिएको चाँदीकप फुटबल प्रतियोगिताको च्याम्पियन एपीएफ बनेको छ।

सिद्धार्थ युवा क्लब पुनर्वास नगरपालिका-०७ ले आयोजना गरेको १६औं रनिङ्ग चाँदीकप फुटबल प्रतियोगिता २०८३ को बिहिवार भएको फाइनल खेल हाम्रो एकता हाम्रो बल र सशस्त्र प्रहरी बल (एपीएफ) बिच भएको रोमाञ्चक फाइनल खेलमा १-० गोलको अन्तरले हाम्रो एकता हाम्रो बललाई हराउँदै उपाधी एपीएफले जितेको छ।

फाइनल खेलको पहिलो हाफमा बराबरी खेलेको हाम्रो एकता हाम्रो बलले दोस्रो हाफको अतिरिक्त ४ मिनेटको अन्तिममा डिक्स नजिकै पाएको फ्री-किकमा एपीएफका कृष्ण कठायतले गोल गर्दै एपीएफलाई उपाधी दिलाएका हुन।
च्याम्पियन टिम एपीएफले ३ लाख ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। भने उपविजेता टिम हाम्रो एकता हाम्रो बलले १ लाख ५० हजार प्रमाणपत्र मेडलमा चित्त बुझाएको हो।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपीएफ टिमका टेकेन्द्र थापा, उत्कृष्ट खेलाडी कृष्ण कठायत, उत्कृष्ट डिफेन्स पोषण उपाध्याय, प्लेयर अफ दि टुनामेन्ट सुस्मित सार्की, ईमरजिङ प्लेयर उदयमान खेलाडी हाम्रो एकता हाम्रो बलका बिमल ओलि र प्रतियोगिताको हाई स्कोर हरिष भट्ट घोषित भएका छन्। उनले आकर्षक ट्रफी पाएका थिए। उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापक एपीएफ टिमका घोषित भए।प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका २७ टिमको सहभागिता रहेको थियो।
सभापतित्व प्रकाश तामाङ प्रमुख अतिथि नगरप्रमुख तोयप्रसाद शर्मा विशिष्ट अतिथि उपप्रमुख भुलिया राना,विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव लोक बहादुर खड्का, अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य काशिराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, उपाध्यक्ष दावत तामाङ, महासचिव नितेश रावल लगायत खेलप्रेमी खेलाडीको सहभागिता रहेको थियो।











