दोधारा

माहाकाली नगरपालिकामा रहेको पथरिया नाला पुल निमार्णले बाटो अबरुद्ध भएको भन्दै आज माहाकाली नगरपालिका कार्यालयमा तालाबन्दी भएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ धामी टोल स्थित पथरिया नालामा निमार्ण भएको पक्की पुल निमार्णले बाटो अबरुद्ध संग पुल निमार्णको क्रममा मिचिएको स्थानियहरुको जग्गाको बिषयलाई लिएर स्थानियहरुले माहाकाली नगरपालिकाको हेल्थपोष्ट बजार तथा माहाकाली नगरपालिका कार्यालयमा बिरोध प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।


स्थानियहरुले झण्डै ५ घण्टा माहाकाली नगरपालिका कार्यालयको प्रशासन फाँट, प्राबिधिक फाँट, राजस्व फाँट तथा वडा नं. ६ वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । झण्डै एक सय स्थानियहरुले पक्की पुल निमार्ण कार्य सुचारु गर, अबरुद्ध बाटो खोल्ने काम गर लगाएत नारा लगाउदै धामी टोलका स्थानियहरु सडकमा उत्रेका हुन् । माहाकाली नगरपालिकाको पथरिया नाला पुल निमार्ण पछि हिड्ने बाटो अबरुद्ध संगै पुल निमार्णले स्थानियहरुको जग्गा मिचेर उठिबास भएको बताउदै स्थानियहरु झण्डै एक महिना देखि आन्दोलित हुदै आएका हुन् । आवात जावत अबरुद्ध भएपछि स्थानियहरुलाई हिडडुल गर्न समेत सास्ती हुदै आएको हो । पथरिया नाला पुल निकै अग्लो भएको कारण पुलको बाटो निमार्णमा स्थानियहरुको जग्गा मिचिएको हो । आफु संग भएको गरिखाने जग्गामा पुल निमार्ण कार्यमा मिचिएको भन्दै स्थानियहरु धामी टोल नजिकको पुल क्षेत्र अबरुद्ध गरि आन्दोलनमा उत्रेका छन् । याम बहादुर गुरुङ्गको ४ कट्टा जग्गा, चन्द्र बहादुर शाहीको १ कट्टा जग्गा, दल बहादुर शाहीको १ कट्टा जग्गा, रन बहादुर शाहीको २ कट्टा लगाएत स्थानियको जग्गा क्षेत्रमा पुलको बाटो निमार्ण भएको बताईएको छ् ।


चन्द्र बहादुर शाहीका अनुसार ईन्जिनियरको बदमासीको कारण पुल निमार्णले स्थानियहरुमा समस्या श्रजना भएको बताएका छन् । अग्लो पुलको कारण पुलको दुबै एप्रोच स्लोव गरि बाटो निमार्णले नक्साको बाटो भन्दा स्थानियहरुको लालपुर्जावाला जग्गामा बाटो बन्न थालेको उनको भनाई रहेको छ् । जग्गा धनीपुर्जा रहेका स्थानियहरुको जग्गामा पुल निमार्ण भएपछि स्थानियहरुले झण्डै एक महिना देखि धामीटोल आसपास बाटो र पुल बन्द गरेर आन्दोलनमा उत्रेका उनिहरुले बताएका छन् । उनिहरुले प्रतिनिधी सभा सांसद, प्रदेश सभा सांसद, माहाकाली नगरपालिकाका नगर प्रमुख लगाएत जनप्रतिनिधीहरुलाई समस्या हल गरिदिन आग्रह गर्दै आएको बताएका छन् । माहाकाली नगरपालिका कार्यालयको प्रशासन फाँट, प्राबिधिक फाँट, राजस्व फाँट तथा वडा नं. ६ वडा कार्यालयमा आजको तालाबन्दी पछि २ महिना भित्र समस्या हल गरिने सहमती भएको बताईएको छ् ।
‘माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको निमार्णधिन पथरनाला पुलको बाटो र डिभिजन कार्यालयबाट निमार्ण भईरहेको बाटो हाल स्थानिय ब्यक्तीहरुबाट अबरुद्ध बाटो तुरुन्त संचालन गर्ने र उक्त बाटो छेउछाउमा बाटो निमार्णका क्रममा केही ब्यक्तीहरुको जग्गा मापदण्ड भन्दा बढी मिचेकोले सोको समस्या दुई महिना भित्र गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु् ।’ माहाकाली नगरपालिका वडा नं. ६ वडाअध्यक्ष दिल बहादुर सिजाली र प्रदेश सभा सांसद मान बहादुर सुनारको रोहवरमा हस्ताक्षरित सहमती पत्रमा उल्लेख छ् । आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भई निमार्ण कार्य अघि बढाईएको थियो । संघिय सरकारको कार्यक्रम अनुसार सडक डिभिजन कार्यालयले निमार्ण कार्यलाई अघि बढाएको हो । स्थानियहरले निमार्ण कम्पनी, ईन्जिनियर तथा जनप्रतिनिधीहरुलाई समय समयमा पुलले स्थानियहरुलाई पार्ने समस्याको बारेमा जानकारी गराउदै आएपनि उनिहरुले आफुहरुको कुराको बेवास्था गर्दै आएको कारण बाध्य भएर माहाकाली नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेको बताएका छन् ।
आफुहरुले प्रतिनिधी सभा सांसद दिपक प्रकाश भट्ट, प्रदेश सभा सांसद मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार लगाएत जनप्रतिनिधीहरुलाई पुल निमार्णको स्थानियहरुले ठुलो समस्या खेप्नु परेको बताउदै आएपनि उनिहरुले कुनै चाँसो नदेखाएको कारण मजबुरी भएर तालाबन्दीमा उत्रेको स्थानियहरुको भनाई रहेको छ् । २५ मिटर लामो, ७ मिटर अग्लो पुल निमार्ण कार्यको जिम्मा मालिका निमार्ण सेवा प्रालिले लिएको हो । पुल निमार्ण झण्डै सवाँ ३ करोड रुपि“याको रहेको बताईएको छ् । पुल निकै अग्लो भएको कारण पुल बाटो स्लोव बनाउन स्थानियहरुको जग्गा अतिक्रमण भएको हो । स्थानियहरुले पुल क्षेत्रमा काठका गोलिया बाटोमा तेस्राउनुको साथै बाटोमा ठुला खाल्डो खनेर बाटो अबरुद्ध गरि आन्दोलनमा उत्रिदै आएका हुन् । पुल निमार्णले सृजित समस्याको बिषयमा स्थानियहरुले प्रतिनिधी सभा सांसद, प्रदेश सांसद, नगर प्रमुखले स्थलगत अनुगमन गरिसकेका हुन् ।






