कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो उपमेयर कप भलिवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ अम्बिका माध्यमिक बिद्यालयको प्रंगाणमा आजबाट तेस्रो उपमेयर कप बिद्यालय स्तरिय महिला भलिवल प्रतियोगिता तथा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता– २०८३ सुरु भएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशीले बताउनुभएको छ् । बिद्यालयका ९ टिम र वडाको ९ भलिवल टिम प्रतियोगितामा समाबेश गरिएको उपमेयर गंगा देबी जोशीले बताउनुभयो ।

बिद्यालय स्तरिय महिला भलिवल प्रतियोगिताका बिजयता टिमलाई बिजय शिल्ड, प्रमाण पत्र सहित नगद धनरासी रु. ५१ हजार, उपबिजयता टिमलाई शिल्ड, प्रमाण पत्र सहित नगद धनरासी रु. ३१ हजार प्रदान गरिने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताउनुभएको छ् ।

यस्तै वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताका बिजयता टिमलाई बिजय शिल्ड, प्रमाण पत्र सहित नगद धनरासी रु. ५१ हजार र उपबिजयता टिमलाई शिल्ड, प्रमाण पत्र सहित नगद धनरासी रु. ३१ हजार प्रदान गरिने उपमेयर जोशीले बताउनुभयो ।











