कञ्चनपुर – कञ्चनपुरस्थित रेडियन्ट माध्यमिक विद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीहरूको सेवा–सुविधा र मनोबल उच्च राख्न अत्यन्तै प्रशंसनीय कार्य गर्दै आएको छ। विद्यालयले विगत केही वर्षदेखि निरन्तर रूपमा चाडपर्वको अवसरमा शिक्षकहरूलाई उनीहरूले पाइआएको मासिक तलब बराबरको (१ महिनाको) दशैँ पेस्की उपलब्ध गराउँदै आएको छ भने शिक्षकहरूको व्यावसायिकता र सम्मानलाई ध्यानमा राख्दै नियमित रूपमा पोशाक भत्ता पनि प्रदान गर्दै आएको छ।

साथै, शिक्षकहरूको अनुभव र योगदानको उच्च मूल्याङ्कन गर्दै विद्यालयले व्यवस्थित ग्रेड सिस्टम समेत लागू गरेको छ। यसरी चाडपर्वमा अग्रिम पेस्की, ग्रेड वृद्धि तथा अतिरिक्त भत्ताको व्यवस्थापनले गर्दा विद्यालयका शिक्षकहरू अत्यन्तै उत्साहित र खुसी भएका छन् भने शिक्षक तथा कर्मचारीप्रति विद्यालय व्यवस्थापनको यस्तो सकारात्मक र प्रोत्साहनजनक नीतिको सर्वत्र प्रशंसा भइरहेको छ। यस सम्बन्धमा विद्यालयका प्रिन्सिपल सूर्यबहादुर चन्द र विद्यालय व्यवस्थापन समितिले शिक्षकहरूलाई सम्मान गर्न तथा उनीहरूको मनोबल बढाउनका लागि यस्तो कार्य गरिएको बताएका छन्











